कुनै समयमा एउटा
ठुलो स्याउको रुख थियो | त्यो रुखमा एउटा बालक सधै खेल्न जाने गर्थ्यो | बालकले
त्यो रुखलाई प्रेम गर्थ्यो अनि त्यो रुखले पनि बालकलाई ज्यादै प्रेम गर्थ्यो उसलाई
कसरी हुन्छ खुशी बनाउन चाहन्थ्यो | बालक त्यो रुखबाट स्याउ टिपेर खाने गर्थ्यो,
रुखमा चढ्ने गर्थ्यो, हागामा खेल्ने गर्थ्यो, छहारीमा बस्ने गर्थ्यो, उ धेरै खुशी
हुन्थ्यो, अनि रुख पनि अत्यन्तै खुशी महसुस गर्थ्यो | वास्तवमा उनीहरु बीच औधी
प्रेम थियो | बालक ठुलो हुदै गयो, उसले अन्य काम हरु गर्नु पर्ने भयो, पढ्नुपर्ने
भयो, त्यसकारण अब उ त्यति धेरै खेल्न आउन छोड्यो | यता रुख चाहिँ त्यो बालकलाइ
धेरै याद गर्दै थियो |
धेरै समयपछि एकदिन
त्यो बालक त्यो रुखमा गयो, रुखले बडो प्रेमले भन्यो “बाबु तिमि कहाँ गएको थियौ ? म तिमीलाई धेरै याद गर्दै थिएँ, आउ खेल मसग
|” बालकले भन्यो, “अब
म बच्चा होइन त्यसकारण रुखमा खेल्दिन तर मलाई खेलौना किन्न मन छ जसका लागि पैसा चाहियो,
तिमि दिनसक्छौ ?” रुखले भन्यो “मसग
पैसा त छैन तर मेरा बोटको सबै स्याउ टिपेर लैजाउ, सायद तिमि बेचेर पैसा कमाउन
सक्छौ र खेलौना किन अनि खुशी बन” त्यो
बालकले त्यसै गर्यो अनि दुवै धेरै खुशी भए |
तर फेरी त्यो बालक
धेरै समय सम्म फर्केर आएन यता स्याउ एकदमै तड्पिरहेको थियो उ सधै चाहन्थ्यो कि बालक आओस उसग खेलोस |
एकदिन बर्षौपछि त्यो
बालक जो अब वयस्क भइसकेको थियो त्यो रुखको नजिक आयो | रुखले उसैगरी धेरै खुशी हुदै
भन्यो, “बाबु तिमि यत्रो बर्ष किन आएनौ ? तिम्रो प्रतिक्षामा म तड्पिरहेको थिए
बाबु, आउ बस, मसग खेल” त्यो मान्छेले भन्यो, “मसग
खेल्ने समय छैन, मेरा परिवार छ, बच्चा छन, उनीहरुको लागि घर बनाउनु छ, मलाई तनाव
छ, यदि सक्छौ भने मलाई सहयोग गर |” रुखले भन्यो, “मसग
घर त छैन, तर मेरा सबै हाँगाहरु काटेर लैजाऊ, अनि घर बनाऊ” उसले सबै हाँगाहरु काटेर लग्यो, घर बनायो, स्याउ धेरै खुशी भयो सहयोग
गर्न पाएकोमा, त्यो मानिस पनि ज्यादै खुशी भयो | तर उ फेरिपनि बर्षौसम्म फर्केर
आएन | रुख एक्लो अनि ढुखी थियो |
फेरि बर्षौपछि गर्मी
मौसममा त्यो मानिस रुखसग आयो, अब उ बुढो हुदै थियो | स्याउले चिनिहाल्यो र भन्यो, “मेरा आखाहरु कैलै ओभाना भएनन तिमि नआउदा तर आज म ज्यादै खुशी छु कि
तिमि बर्षौपछि भएपनि आयौ, आउ मसग खेल, भन म तिमीलाई के सहयोग गर्न सक्छु ?” त्यो मान्छेले भन्यो, “म
जीवनमा निराश छु, दिनदिनै बुढो हुदै गएँ, त्यसकारण म कतै नजिकैको समुद्रमा बोटिङ
गरेर केहि आराम लिन चाहन्छु, के मलाई तिमि नाउ दिन सक्छौ ?” रुखले भन्छ, “तिमि
मेरो मुढो, ठुटो काटेर नाउ बनाऊ अनि बोटिङ गर अनि चाडै फर्केर आउ म प्रतिक्षा
गर्नेछु |” अनि दुवै धेरै खुशी भए तर अझै त्यो मानिस बर्षौ आएन |
अन्त्यमा त्यो केटो
फर्केर आयो अब उ धेरै बुढो भइसकेको थियो | स्याउले भन्यो, “म तिम्रो यादमा सधै रोएर बसेको थिए, तर खुशी छु कि तिमि सन्चै फर्केर
आयौ, तर मसग तिमीलाई दिन अब केहि पनि छैन, स्याउ पनि छैन |” मान्छेले भन्यो, “
ठिकैछ मेरो पनि चबाउने दांत छैन” रुखले भन्छ, “तिमि चढ्ने हाँगाहरु, मेरो शरीर पनि छैन |” मान्छेले भन्छ, “म
पनि रुख चढ्न सक्दिनं |”
रुखले भन्छ, “म तिमीलाई साचै केहि दिन सक्दिन, किनकि मसग मेरा मर्दै गरेका जराहरु
बाहेक केहि छैन |” मान्छेले भन्छ, “मलाई
अरु केहि चाहिदैन केवल आराम गर्ने ठाउँ भए पुग्छ किनकि अब जिन्दगीदेखि थाकिसके |” रुखले भन्छ, “त्यसोभए
आउ मेरा यी जरा हरुमा बसेर आराम गर |” त्यो
मान्छे थाकेर बस्यो, त्यो रुखले आसु झार्दै उसलाई शरण दिन्छ |
श्रोत: अज्ञात
No comments:
Post a Comment