Friday, November 24, 2017

प्रेममा इन्कार स्विकार्नुस

Image result for learning from love
जब तपाईको प्रेम प्रस्ताव कसैबाट अस्वीकार हुन्छ, तब यो नसोच्नुस कि जीवनमा सबै गुम्यो | बरु सम्झिनुस कि प्रकृतिले तपाइको निम्ती त्यो रचेकै थिएन | उसलाई उति नै सम्मान दिनुस, उति नै प्रेम दिनुस, जति पहिला दिनुहुन्थ्यो | कुनै शर्त नराख्नुस् | उसले पनि आफूलाई प्रेम गर्नैपर्छ भन्ने शर्त नराख्नुस | किनकी शर्तमा प्रेम हुँदैन | त्यस्तै जबर्जस्तीले प्रेम जन्माउदैन | यदि कोहि तपाइको बोली वचन, बानी व्यवहार, कार्यबाट साँचो रुपमा प्रभावित छ भने कि त उसले तपाईलाई खुशीले स्वीकार्छ वा प्रतिक्षा गर्छ | यदि दुवै गरेन भने तपाइले जीवनमा ठुलो पाठ सिक्नुहुनेछ एउटा कुरा हमेशा याद राख्नुस कि जति हामीलाई एक्लोपनले सिकाउछ त्यति कुनै भिडले सिकाउदैन तसर्थ बाच्नुको मजा लिनुस …|

No comments:

Post a Comment