मनको दैलो उघारी हेर ज्ञान ज्योति बल्दछ
आत्माको त्यही सचेतनाले जिन्दगी चल्दछ
बचाई राखौँ अस्तित्व हाम्रो ब्रह्माण्ड प्रकाश हो
जुन दिन निभ्छ ब्रह्मको दीप यो शरीर ढल्दछ
फूलेका जीवन, फलेका जीवन संसारका तारा हुन्
यो सत्य बुझ, तिमी नै फले भमरा गल्दछ
खुशीको राज जानौँ, है आज साधना गरेर
त्यो प्राप्त हुन्छ मनको जब बिकार जल्दछ
प्रेमको बीज हुर्काई राख मानवता त्यही हो
यो भाव बुझे, आफ्नै मन पूजे जीवन फल्दछ ।।
No comments:
Post a Comment