चुनौतीले हामीलाई मानसिक रुपमा बलियो पार्छ । चुनौतीले सृजनशीलताको विकास गर्छ । चुनौती हाम्रो जीवनको अभिन्न अङग हो । अर्काे शब्दमा भन्नुपर्दा चुनौती अवसरको अर्काे नाम हो । आजको चुनौती भोलिको अवसर हो । आजको अवसर हिजोको चुनौती थियो । त्यस्तै चुनौतीले नयाँ विचार, सम्भावना खोज्न प्रेरित गर्छ । एउटा भनाइ छ “ Where there is risk, there is the profit ” हामीले जस्तोसुकै चुनौतीमा पनि आफूलाई संयम बनाउन सक्नु आफैमा एक महानताको सुरुवात हो । हामीले चुनौतीमा के के समस्या छन् र मैले गर्न सक्दिन भन्ने सोच्ने होइन कि के के सम्भावना छन् जुन प्राप्तिका लागि मैले गर्नैपर्छ । एउटा भनाइ छ, ‘असफल हुनेले भन्छ गर्न त सकिन्छ तर साह्रै गाह्रो छ भने सफल हुनेले भन्छ साह्रै गाह्रो छ तरपनि गर्न सकिन्छ । ’
आदरणीय मित्रहरु चुनौतीबिनाको उपलब्धि त निरर्थक हुन्छ । हामीले केही चुनौती छिचोलेर, केही मेहनत गरेर प्राप्ति भएका कुराहरुको आफ्नै छुट्टै महत्व हुन्छ । केही चुनौतीका बाबजुद पाएको सानै सफलताले पनि विशेष मूल्य बोक्छ । याद राख्नुस् माटोभित्र रहँदा बिरुवाका बीउहरुले अत्यन्तै कष्ट सहेका हुन्छन् । पीडा सहेका हुन्छन् । तरपनि माटो फोरेर बाहिर निस्कने आँट गर्नेले मात्रै त जनावरबाट वा हामीबाट मूल्य पाउँछ । र संसारमा फुल बनेर, फल बनेर सुगन्ध फैलाउँछन् । साथै नयाँ जीवन प्रदान गर्छन् प्राणीहरुलाई । हामी पनि एक विशेष बन्ने बीउ हौँ । हुनसक्छ आज माटोभित्र संघर्ष गर्दैछौँ । एउटा कुरा बुझौँ स्याउ लगायत फलफूलको बीउलाई हेरेर हामी यो भन्न सक्दैनौँ कि यो यति मिठो फल बन्छ भनेर । तर जब आरोह अवरोहलाई आत्मसात गर्दै वृक्ष बनेर फल दिन्छ तब संसार चकित हुन्छ । त्यस्तै तपाइ हामी सबैजना एक सफल इतिहास बन्ने बीउ हौँ । आफैमा विश्वास गरौँ । प्रत्येक पलको चुनौतीलाई स्वीकारेर अघि बढौँ । किनकी चुनौती र अवसर एउटै हो मात्रै दृष्टिकोण फरक बनायौँ हामीले । त्यसकारण चुनौतीलाई अवसरको नजरले हेरौँ । प्रत्येक पलमा सफलताको अन्दाज लाग्न थाल्छ । विन्सटन चर्चिलले भनेका छन्, “आशावादीहरु हरेक चुनौतीमा अवसर देख्छन्, निराशावादीहरु हरेक अवसरलाई चुनौती देख्छन् ।” सोचौँ त ? चुनौती कसको जीवनमा नहोला ? त्यसलाई स्वीकार्ने आँटले नै महान बनाउँछ मानिसलाई । के स्टिभ जब्सले यसै त्यत्रो सफलता हासिल गरेका होलान् ? मोहम्मद अली, माइकल फेल्प्स लगायत संसारका महान हस्तीहरुले जीवनमा कुनै चुनौती उठाएका थिएनन् होला ? पक्का यदि उनीहरु सफल छन् भने हरेक चुनौतीलाई स्वीकार गरेर निरन्तर गरिएको सृजनशील कर्मले नै हो ।
अहिले वर्षायाम छ । पानी, बाढी, पहिरोले हामीलाई सताउने बेला हो । यी सबैलाई स्वीकार गरेर अघि बढ्नु महानताको लागि एक पाइला अघि हो । हामीलाइ लाग्न सक्छ पानी नपरी देओस् तर के यो हाम्रो नियन्त्रणमा छ त ? एउटा कुरा बुझौँ जुन कुरामा तनाव लिँदा त्यसमा हाम्रो कुनै सहभागिता वा नियन्त्रण हुने सम्भावना छैन भने हाम्रो चिन्ता व्यर्थ होइन त ? चिन्ता होइन चिन्तन गरौँ । चिन्ताले सम्भावना जलाउँछ, चिन्तनले नयाँ सोच पलाउँछ । साइकल सिक्नेले एकदुईपटक लडेपनि म उठेर सिकेरै छाड्छु भन्नेले मात्रै सिक्छ । भने जीवनका हरेक मामलामा पनि चुनौती स्वीकार गर्न सक्नुपर्छ । आफ्नो रुचि तथा आवश्यकता अनुरुपको चुनौतीले हाम्रो मस्तिष्कको डेन्ड्राइट तथा सिन्याप्सहरु बढेको वैज्ञानिक अनुसन्धानले देखाएको छ ।
एक जमात मुसाहरुलाई चुनौतीपूर्ण वातावरणमा हुर्काइयो । जहाँ उनीहरुले खानको लागि विभिन्न संघर्षको चरण पार गर्नुपथ्र्याे जसले गर्दा उनीहरुको मस्तिष्कका कोषहरु बढेको पाइयो । त्यतिमात्र होइन उनीहरुको आयु समेत बढेको पाइयो । भने अर्का जमातलाई सजिलै खाना प्राप्त गर्न सक्ने अवस्थामा राखिएको थियो । यस्तो सजिलो कि उनीहरुले खानको लागि केही सोच्नु नपर्ने, कुनै कष्ट गर्नु नपर्ने । त्यो जमातका मुसाहरुको मस्तिष्क क्षमता वृद्धिको कुरा परै छोडौँ, उनीहरुको मृत्यु समेत छिटै भयो । याद राख्नुस् यो वैज्ञानिक अनुसन्धानको निचोण हो ।
जोखिम नमोल्ने नै जोखिममा पर्न सक्छन् । यदि व्यापारीले लगानी गर्ने जोखिम नमोल्ने हो भने ऊ नाफाको हिस्सेदार पनि हुँदैन । एक दुई वटा चुनौतीमा हा¥यौँ भने हामी सोच्ने गर्छाैँ कि अब म अघि बढ्न सक्दिन । तर सोचौँ त æWe can
loose sometimes but we should not think ourselves as looser" हो जीवनमा कहिलेकाहीँ हार्न सक्छौँ । तर आफूलाई हरुवा को लिनु भएन । जीवन जिउने क्रममा आएका हरेक चुनौतीलाई अवसरको रुपमा लिएर अघि बढ्ने सङ्कल्प गरौँ । आदरणीय मित्रहरु जस्तोसुकै चुनौती पनि स्वीकारौँ । जीवन नै ‘चुनौती’ हुनबाट जोगाऔँ । सबैभन्दा चुनौती स्वीकार गर्नुपर्ने क्षेत्रहरु व्यापार, खेल, फिल्म उद्योग आदि हुन् । तर हेरौँ त विल गेट्स, मार्क जकरबर्ग, ह्वील स्मिथ, जेनीफर, लियो नार्दाे डिक्याप्रियो, अमिताभ, साहरुख आदिले चुनौतीलाई चिरेर नै अघि बढेका हुन् । त्यस्तै रश्मी खरेल जो आफूसँग भएको एउटामात्रै खुट्टाले नाचेरै सफल बनेकी छिन् । निक भुजीसिसको नाम त सबैले सुनेकै हौँला । “The Man without limbs” भनिन्छ उनलाई किनकी हातखुट्टा छैन तर उनले गर्न नसक्ने काम पनि केही छैन । कल्पना गरौँ त उनीहरुको जीवनमा कस्तो चुनौती होला ? अब हामीलाई के ले राकेको छ त ? æLet’s
begin it’s time for the ActionÆ
चुनौतीले कुनै न कुनै रुपमा अवसरको सृजना गर्छ भन्ने दरिलो सोचको विकास गरौँ । हिजो गुज्रेका जिन्दगीहरु नै आज फुलेका छन, फलेका छन् । जीवन आफैँमा एक महान अवसर हो । यसलाई चुनौती बनाउने कुचेष्टा नगरौँ । सचेत बनौँ कि हाम्रो सोच र कार्य कस्तो हुदैछ ? समस्या होइन सम्भावना केलाउने सोच पलाओस् । हरेक कदमको चुनौतीलाई अवसर बनाउन सक्ने क्षमताको विकास होस् । हाम्रो जीवन पनि फुल्न सक्छ, फल्न सक्छ । सबैमा उत्प्रेरणा र सुगन्ध फैलाउन सक्ने जीवन बनोस् यहाँहरु सबैमा शुभकामना ।
No comments:
Post a Comment