जीवनको सर्वाेत्तम लक्ष्य र सबै सांसारिकताबाट पूर्ण रुपले मुक्त हुनु नै निर्वाण हो । बुद्धका अनुसार “दुःखको अन्त्य नै प्रज्ञा हो ।” निर्वाण एक बोध हो । एक उच्चतम प्रज्ञा प्राप्ति हो । अध्यात्मिकताको उच्च प्राप्ति हो । हिन्दु धर्मशास्त्र र दार्शनिकहरुका अनुसार काम, क्रोध, लोभ, मोह, मद, मत्स्र्य भन्दा पर एक समान र सौम्य भावको अवस्थालाई निर्वाण मानिन्छ । निरुद्ध चित्तको स्थितिलाई निर्वाण भनिन्छ । शब्द र वाक्यले निश्चय नै यसको बयान त गर्न सक्दैन । यद्यपि लेखक घनश्याम खड्काले पात्रहरुलाई यसरी प्रस्तुत गरे कि लाग्छ ‘निर्वाण’ साँच्चै नै निर्वाण प्राप्तिकै निम्ती पढिँदैछ । मनोविज्ञान, अध्यात्म र दर्शनको रोचक संयोजनले वास्तविक जीवन केलाउँछ । अलौकिक उच्चतम अनुभूति ‘निर्वाण’ को गहिराईमा हरेकको जीवनको व्यवहारिकातालाई सघाउने ‘सकारात्मकता’ खोज हो यो ।
मूख्य पात्रहरु मनोविज्ञ, मोनिका, श्वेता, गुरु गोविन्द आदिले मानिसको अक्सर हरेक अवस्थाहरुको तहलाई छुन पुग्छन् । दिप्ती जो एक एयरवेजकी मालिकनी, धनाढ्य भएर पनि अतृप्ति छर्लङ्ग देखिन्थ्यो । जति भए पनि पुग्दैन । अरुको डाह र ईष्र्याले मानिसलाई तुच्छ बनाइरहन्छ भन्ने प्रमाण थिई ऊ । तथापि एक महिला जो त्यो हैसियतमा विराजमान हुनुलाई सकारात्मक जरुर मान्न सकिन्छ । कुनै काममा व्यर्थै अल्झेछु नि भन्नेहरुका लागि मनोविज्ञले झन्डै डेढ वर्षसम्म दुर्गम गाउँमा आफूलाई शिक्षकको रुपमा राख्नुले पनि जीवनमा चाहेर नचाहेर गरिएको कार्यले पनि केही अनुभव जरुर दिन्छ । मनोविज्ञलाई जीवनको बोध गराउनुमा, प्रेमको त्यो महासुख अनुभव गराउनुमा त्यही व्यर्थै हो कि जस्तो लाग्ने कर्मको परीणाम थियो । त्यस्तै मनोविज्ञ बुबाबाट पनि स्वतन्त्र बनेका थिए डेढ वर्षको गुमनाम विछोड पछि । यी परिघटनालाई सकारात्मक भोगाईको पाइला भन्न सकिन्छ ।
मोनिकासँगको भेटमा सामान्य केटीसँग झैँ ठट्टा गर्न खोजेपनि मनोविज्ञ मोनिकाको असाधारण प्रकृतिको अभिव्यक्तिले चकित पथ्र्याे । “मरेपछि जीवन कहाँ जान्छ होला ? तिमीले कहिल्यै मर्छु जस्तो सोचेको छौ ?” जस्ता गम्भीर र परानुभवी प्रश्नहरुको उत्तर मनोविज्ञले हल्का पाराले दिन्थ्यो र ठट्टा गथ्र्यो । तर मोनिका भने “खानु, पिउनु, बिहा गर्नु, छोराछोरी जन्माउनु र हिड्नु मात्रै जीवन हो भने, यो झर्को लाग्दो छैन त ?” जस्ता गम्भीर तर्क दिन्थी । मनोविज्ञ उही पाराले ठट्यौली बन्थ्यो । त्यसपछि अर्काे भेट नहुँदै मोनिका हराई । मनोविज्ञ चिन्तित हुन्छ । कहाँ गई ? किन गई ? जस्ता प्रश्नले । फेरि पनि काममा फर्कन्छ । किनकी मिलन हुनुको अर्थ हो विछोड हो । विछोड सत्य हो । सत्यलाई स्वीकार्नु सकारात्मकता हो ।
कथाले अझै गजबको मोड लिन्छ । १४ वर्ष अघिको यादहरु मिर्मिर हुँदै स्पष्ट ताजा भएर आउँछन् । जब श्वेता जो डेढ वर्षको समयमा पढाएको एक विद्यार्थी मनोविज्ञलाई खोज्दै आउँछे । त्यो लामो समयपछिको उनीहरुको पुनर्मिलन लोभलाग्दो प्रेमील जोडीमा परिणत हुन पुग्छ । श्वेताको बुबा अशोकको पहिल्यै र आमाको पनि भर्खर भएको मृत्युपछि त मनोविज्ञ नै उसको सर्वश्व भएको थियो । लामो समय लिएर उनीहरु विचरणमा निस्के जहाँको परिवेशमा लाग्छ कि साँच्चै प्रेम यति अनुपम पनि हुन्छ है ? प्रत्येक पलमा आलिङगनमा बाँधिइ यौनसँगै पूर्ण तृप्तिको महसुस गरिरहेका थिए । जो एक उदाहरणीय हो प्रेमील जोडीको निम्ती । यद्यपि त्यो मिलन सामुद्रिक आँधीसँगै छुट्यो कहिल्यै पुनर्मिलन नहुने गरी ।
श्वेता सहित हजारौँ यात्रु समुद्रमा बेपत्ता भए । मनोविज्ञ दुईदिनसम्म उसले लाइफ ज्याकेटको मद्धतले आफूलाई बचाउन सफल भयो । जुन बेला उसले मोनिकाको उतिखेरको प्रश्नको धेरै याद गरेको थियो । उसलाई वास्तवमै पछुतो पनि भयो कि किन उसले ठट्टा गरेको थियो । फेरि कस्तो संयोग भने मोनिकाले नै क्यारोलिनाको जहाजको सहयोगले मनोविज्ञको उद्धार गरेकी थिइ । त्यतिखेरकी उद्धिग्न मोनिका होइन जस्तै, यतिखेरकी मोनिकामा बडा शान्त, गहिरो खुशी प्रष्ट देखिन्थ्यो । यस्तो लाग्थ्यो कि उसको चत्त निरुद्ध हुँदैछ ।
यो समुद्री आँधीको घटनाले लाग्छ सबै गुम्यो । तर त्यो एक स्वभाविक प्रक्रिया जस्तो हो । जसबाट पनि यस्तो हुन सक्छ भन्ने भावबारे सकारात्मक हुन जरुरी छ ।
मनोविज्ञ घरमा आउँछ । बुबा बितिसकेका हुन्छन् । उसको निम्ती एक चिठ्ठी हुन्छ । वास्तवमा श्वेताको आलिङगन् र क्रियामापनि मनोविज्ञलाई समाधीको झिल्को जरुर भएको थियो । अत स्थायी खुशी, सुखको लागि निर्वाण प्राप्तिमा लाग्न भने मोनिकाको रुपान्तरणको यथार्थ । उसको अनुरोध र बुबाको त्यो चिठ्ठीले उत्प्रेरित ग¥यो । जहाँ लेखिएको थियो कि “छोरा अब तैँले जीवनको सत्य बुझ्न कति पनि ढिलो नगर्नु ।” यी सबैको एक व्यवहारिक सकारात्मक पक्ष यही हो कि सबै गुमे पनि फेरि पनि जीवनको अन्तिम स्वतन्त्रता बाँकी हुन्छ । मनको विकासमा लाग्न सकिन्छ ।
यी सबै तत्वहरु माध्यम बने मनोविज्ञलाई समाधी को त्यो तहसम्म पु¥याउनको निम्ती । अन्ततः मोनिकाको सहयोगले गुरु गोविन्दसँगको सत्सङगमा मनोविज्ञले आफूलाई पाउँछ । केही दिनको सत्सङगपछि एक ध्यानस्थ अवस्थाको बेला उसमा समाधी घट्छ । एक नयाँ ‘म’ प्राप्त भएको महसुस गर्छ । एक यथार्थको बोध हुन्छ । भावनाभन्दा पर । संवेगभन्दा पर । एक शान्त, सौम्य, अविचलित, निरुद्ध चित्तको आभास गर्छ मनोविज्ञले । कि यस्तो पनि हुन्छ है जस्तो लाग्छ । यसको सकारात्मकतामा हेर्दा जसरी डाकुभित्रको वाल्मीकिलाई कसैको सही सत्सङग, साथको जरुरी थियो जगाउनको निम्ती । त्यसैगरी सबै मानिसभित्रको मुक्तिबोध वा प्रज्ञालङ्कारको चेत गराउन गुरु गोविन्द थिए । भने त्यो स्थानमा ल्याउने माध्यम मनोविज्ञका जीवनमा घटेका घटना, परिघटना र उसँग जोडिएका सबै मानिसहरुको प्रत्यक्ष अप्रत्यक्ष माध्यम बनेका थिए ।
जीवनमा हुनु र नहुनुले केही फरक नपार्नुको अवस्था नै निर्वाण हो । मानिसभित्रको देवत्व जागरण हुनु । त्यो अन्तरनिहीत ईश्वरीय गुणको पूर्ण चेतना हुनु नै ‘निर्वाण’ हो । जीवनको अन्तिम लक्ष्य । यथार्थको बेसर्त स्वीकार गर्न सक्नु नै ‘निर्वाण’ हो ।
यसरी ‘निर्वाण’ को हरेक पात्र, घटना र परिघटनाहरुले जीवनलाई सकारात्मक बनाएर हिँडाउने सामथ्र्य राख्दछ । एक डाक्टर मोनिका जो आफ्ना सबै गुमाएर पनि सहास र सकारात्मकताका मोक्ष प्राप्तिमा तल्लीन हुनु । सर्वस्व गुम्दा पनि स्वउत्प्रेरित हुँदै लक्ष्यका साथ अघि बढ्दै श्वेता एक लोकप्रिय र समृद्ध चित्रकार बन्नु । संसारिक प्रेममा पनि त्यो अनुपम र अध्यात्मिक सुखको महसुस हुनु । मोनिकाले मुद्दा हाल्न अस्वीकार गर्नु । अर्थात केही पाउनु र कसैलाई फसाउनुको वा बद्लाको मोह नुहुनु । गुरु गोविन्दको आशीर्वचन कि घरमै बसेर पनि जागृत भएर साधनारत भएर आफ्ना दैनिक नियमित कार्यहरु गर्न सकिन्छ भन्ने गृहस्थाश्रमको अवगत गराउनु । र ‘निर्वाण’ मा प्रस्तुत सम्पूर्ण घटना र परिघटनाले जीवनको ठूलो लक्ष्यको निमित्त तयारी गराउँदैछ भन्ने सन्देश दिनु । सबै अवस्थाले प्रत्यक्ष अप्रत्यक्ष निर्वाण प्राप्तिमा प्रेरित गर्दै थियो ।
जीवन पनि यस्तै हो जहाँ हुने घटनाक्रमले मानिसलाई हतास त बनाउँछ तर त्यसको उद्देश्य ठूलो कुनै ऐतिहासिक हुन सक्छ । दुइ दिनसम्म पानीमा विशेष आशा र भरोसाले भएभरका साइकोलोजिकल प्रविधिहरुको उपयोग गर्दै मनोविज्ञले आफूलाई राख्नु आफैमा उल्लेखनीय साहस र सकारात्मकता हो । अन्ततः त्यसको उद्देश्य त निर्वाण रहेछ, जो कोहीले खोज्दैमा पाउदैन । एक रोचक, गहन विषयवस्तु, शिलशिलेबार प्रस्तुतीकरण आदि ‘निर्वाण’ का पठनीय सकारात्मकता हुन् । जुनसुकै उमेर समूहको लागि पनि समेट्ने किसिमको भाषा शैली अर्काे बलियो पक्ष । व्यवहारिक परिवर्तनको नाम हो ‘निर्वाण’ जसले बाँच्न सिकाउँछ । सकारात्मकता सिकाउँछ । अझै सिक्न सिकाउँछ । जाग्न सिकाउँछ । निर्वाणको निम्ती लाग्न सिकाउँछ ।
No comments:
Post a Comment