"जब प्रत्येक नागरिकले देशको बारेमा सोच्न थाल्दछन्, तब मात्र राष्ट्रको कल्याण हुन्छ । देशले के दियो होइन, देशलाई के दिएँ भन्ने भावले विकास गराउँछ ।"
"संसारमा अँध्यारो पार्न केवल एक सेकेन्ड काफी हुन्छ । त्यसैगरी संसारमा उज्यालो बाल्न त्यही एक सेकेन्ड । र जिन्दगीको मामला पनि त्यही हो कि एक पलमै उज्यालो ज्योति बल्न सक्छ अनि निभ्न पनि ।"
"जिन्दगी एक कहानी न हो, जसलाई हामीले बनाउनु पर्दैन ।"
"बाहिरी आवरणले मानिसको अन्तर्निहीत क्षमता निर्धारण गर्दैन । बाहिरी आवरणमा देखिएको भरमा कसैले केही भन्न सक्दैन कि त्यस भित्र कस्तो गुण सुषुप्त छ । जस्तै, गाईको छाला कालो देखेर जसले उपहास गर्छ, उसले अन्दाज पनि गर्दैन कि त्यही गाईभित्र आफूले खाएको खानाबाट अमृत बनाउन सक्ने शक्ति मौज्दुत छ । त्यसकारण बाहिरी आवरणको आधारबाट भित्री विशेषताको भ्रामक विश्लेषण गर्नु मूर्खता हो । हामीले लगाएको कपडाले व्यक्तित्व झल्काउला तर विशेषता झल्काउँदैन । विशेषता व्यक्तिको हृदयको स्वच्छताले झल्काउँछ ।"
"हाम्रो शरीरका प्रत्येक अङ्ग अङ्गको सहकार्य र समायोजनले हामीलाई बचाएको हुन्छ ।"
"ज्ञान मन जित्ने र संसार जित्ने शक्तिशाली हतियार हो ।"
No comments:
Post a Comment