संघर्ष नै जीतको मुख्य आधार हो । जीवन अत्यन्तै मूल्यवान छ तर हामीले जानेर वा नजानेर यसको अवमूल्यन गरीरहेका छौँ । हामी सबै सफल हुन चाहन्छौँ तर चुक्न चाहदैनौँ, झुक्न चाहदैनौँ । जीवनमा सफलता भनेको कुनै रोगको विरुद्ध एन्टिवायोटिक खाए जसरी प्राप्त हुँदैन, यो त एक निरन्तर योजनावद्ध प्रक्रियाबाट प्राप्त हुन्छ । जुन पक्रियामा कार्य वा संघर्षको प्रमुख भूमिका रहन्छ । अब प्रश्न उठ्न सक्छ संघर्ष त गरीरहेकै छौँ कस्तो संघर्षको जरुरी हो त ? बिलकुल हामी सबैले आफ्नो कार्य अनि संघर्षलाई अँगालेका छौँ । सबै आ–आफ्नो गतिअनुसार दौडमा छन् तर बिडम्वना ति सबै संघर्षशील जीवनहरुलाई सफल भएको देख्दैनौ केवल थोरै प्रतिशत मात्रै सफल भएको हामी पाउँछौँ । आखिर के हो त त्यो जड तत्व जसले हामीलाई सफल बनाउँछ, र जसको कमीले मानिसलाई असफलतामा नै रुमलिएर व्यवहारिसे जीवन जीउन बाध्य तुल्याउँछ ।
जीवनमा सफलताको शिखरमा पुगिसकेका हस्तीहरुले विभिन्न सुत्र एवम् पक्रियाहरु अँगालेका छन् जसमध्ये एक महत्वपूर्ण विषय भनेको उत्साहित कर्म वा उत्प्रेरणा जगाएर गरीएको संघर्ष । मानिसलाई कुनैपनि कार्यमा निरन्तर अघि बढ्न उत्प्रेरणाको नियमित तथा अपरिहार्य आवश्यकता हुन्छ जसरी शरीरलाई बाँच्नका लागि नियमित पौष्टिक आहारको जरुरी हुन्छ त्यसरी नै हाम्रो मस्तिष्कले कुनैपनि कार्य स्वत स्फूर्त रुपमा सही ढङ्गले सुसम्पन्न गर्नका लागि आन्तरीक ऊर्जाको जरुरी हुन्छ जुन खुराक विभिन्न मोटिभेसनल सेमीनार, वर्कसप तथा कार्यक्रमहरुले प्रदान गर्दछ । एकजना दार्शनिक इमर्शनले भनेका छन्, “हामी जीवन बाँच्ने तयारी मात्र गरीरहन्छौँ तर कहिल्यै बाँच्दैनौ” तर अबको समय उत्साहजनक जीवन बाँच्ने समय हो । हामीले आफूले आफूलाई उत्प्रेरित बनाएर प्रत्येक पलको जीवन अर्थपूर्ण ढङ्गले बाँच्न सक्छौँ । जसका लागि हामीले जीवनका हरेक घटना क्रमलाई सधैँ सकारात्मक प्रवृत्तिले आत्मसात गरौँ । हामी अमूल्य ज्ञान लिन्छौँ तर जीवनमा लागू गर्ने मामलामा भने थाँती राख्छौँ । हामीमा पुरानो भोलिवादी प्रवृत्ति अझै हावी छ, त्यसलाई तुरुन्त त्याग्न सक्नुपर्छ । हामी कुनै पनि कार्यको लागि अनुकूल समयको प्रतीक्षामा बस्छौँ । हामी सोच्ने गछौँ कि कुनै दिन त राम्रो समय आउँछ अनि म बद्लिनेछु र कार्य गर्न थाल्नेछु । तर बिडम्बना न त त्यो राम्रो समय कैलै आउँछ न त हामी बद्लिन्छौँ अंग्रेजीमा एउटा भनाइ छ, “Better condition will never come to be succeeded” र हामी चैँ के भन्छौँ भने, “Let’s begin it is the time for the action” आदरणीय मित्रहरु हामी अनुकुल समय, राम्रो परिस्थितीको प्रतीक्षा नगरौँ, बरु हामी जुन समयमा चलिरहेका छौँ, जुन परिस्थितिमा बाँचिरहेका छौँ, त्यसैलाई अनुकुल तथा राम्रो बनाउने कोसिस गरौँ किनकी सफलतम व्यक्तित्वहरुले हामीलाई यही सिकाएका छन् । असफल हुने मानिसहरु सधैँ बाहना खोज्छन् भने सफल हुने मानिसहरु चाहना पूरा गर्ने प्रतिबद्धता गर्छन् । यदि हामीमा परिवर्तन हुनैपर्ने महसुस हुन्छ भने पहिलो कुरो आफू परिवर्तन हुने तीव्र चाहना हुनुप¥यो अनि त्यसका लागि कडा प्रतिबद्धता त्यसपछि त्यसका निम्ती चाहिने कुनै पनि कार्यहरुको नियमित अभ्यास । प्रसङ्गवश तीव्र इच्छा वा आवश्यकताको कुरा प्रस्ट्याउन एउट बडो मार्मिक कथा जोड्न चाहन्छु । कुनै दरबारमा एउटा कुकुरलाई पाल्ने योजना बनाइयो उक्त योजनाअनुसार सामान्य भन्दा राम्रो किसिमको कुकुरलाई लाखौँ खर्च गरेर पालियो । कुकुर एकदम हृष्टपुष्ट थियो, हैर्दै खाइलाग्दो एकदिन अचानक दरबारमा मृग पस्यो र त्यो मृग देखेपछि राजालाई मृगको मासु खान मन लाग्यो र उक्त कुकुरलाई खटाइयो कुकुरले कडा मेहनतले लखेट्यो तर अह उसले मृग मार्न सकेन मृग भाग्यो । बाहिर एउटा भुसिया कुकुरले मृगलाई देख्यो र खेदायो र अन्तत उसले मृग मारेर खायो । यो दृश्य राजाले देखिरहेका थिए । उनले अचम्म मान्दै सोधे त्यो लाखौँ खर्च गरेर पालेको कुकुरले जाबो एउटा मृग मार्न सकेन तर बाहिरको भोको भुसिया कुकुरले मा¥यो कसरी यस्तो भयो ? दरबारको एकजना मन्त्रीले भने महाराज दरबारको कुकुरले अरुको भोकको लागि, अरुको इच्छाको लागि काम गर्दै थियो भने बाहिरको भुसिया कुकुरले आफ्नो भोकको लागि, आफ्नो तीव्र चाहनाको लागि काम गर्दै थियो ।
कथाको मर्म बुझौँ साँच्चै हामी कसका लागि संघर्ष गर्दैछौँ ? यदि पक्का पनि आफ्नै लागि हो भने किन राम्रो कार्यको लागि समय पर्खिने त ? हामीले राम्रो कुराको निम्ती राम्रो समय कुर्दाकुर्दै जीवनको ऊर्जाशील २० वर्ष समय गुमाइसक्यौँ सायद कतिले त ४०/५० वर्ष गुमाइसक्यौँ । फेरि हामीले यो कुरा महसुस गर्दा पछुतो लाग्न सक्छ कि मैले त आफ्नो जवानी यसै खेर फालीसकेछु तर याद राख्नुस् पश्चातापले दिमागमा ताप र चाप मात्रै दिन्छ तर फलिफाप दिदैन । त्यसकारण पछुतो छोडेर प्रक्रियामा लागौँ । यदि हिजो गरिएन भने ठीकैछ तर आज भने गल्ती नदोहो¥याऔँ सिकेका कुरा जीवनमा लागू गरौँ अनि सिक्नका निम्ती सधैँ अभिप्रेरित बनौँ । एउटा गजबको चिनियाँ उखान छ ‘रुख रोप्ने सबैभन्दा उत्तम समय बीस वर्ष अघि र अर्को उत्तम समय भनेको अहिले हो’ त्यसकारण हिजो गरीएन भने आज गरौँ तर आज छोडेर भोलिलाई नराखौँ किनकी बोली बन्द हुँदा पनि भोलि नआउन सक्छ ।
यति पढीसकेपछि के गर्ने भन्ने प्रश्न उठ्नु स्वभाविकै हो । पहिलो प्राथामिकता भनेको हामी सबैको जीवनमा एकदमै स्पष्ट लक्ष्य हुन जरुरी छ । लक्ष्य नहुँदा हाम्रो जीवन व्यवहारिसे बन्न पुग्छ कहाँ के गर्ने भन्ने कुराले सँधै पिरोली रहन्छ । लक्ष्य बनाउँदा आफ्नो मनले चाहेको, आफ्नो अनुसारको, धेरैबेर सम्म पनि त्यसका निम्ती त्याग गर्न सक्ने लक्ष्य बनाउनु प¥यो जुन क्षेत्रमा काम गर्दा काम काम नभएर मनोरञ्जन बनोस् । एकचोटि थोमस अल्वा एडिसन ल्यावमा काम गरिरहेका थिए वास्तवमा उनी घण्टौँसम्म ल्यावमा तल्लीन भइरहन्थे त्यो दिन उनको श्रीमतीलाई दया लागेर भनिछिन्, “श्रीमान तपाइ कति धेरै थाक्नुभएको छ होला सधैँ ल्यावमा काम गरेर आज विदाको दिन त कतै घुम्न गएर रमाइलो गर्नुस् ।” उनको श्रीमतीले यति भनिसकेपछि थोमस अल्वा एडिसनले बडो गजबको जवाफ दिए, “धन्यवाद श्रीमती कि तिमीले मेरो यत्रो ख्याल राख्यौ, ल उसोभा म ल्यावतिर गएँ रमाइलो गर्न ।” याद राखौँ उनको लागि काम, मनोरञ्जन सबै ल्याव थियो त्यसैले त उनले महान आविष्कारहरु गर्न सफल भए यद्यपि औपचारिक शिक्षा उनीसँग थिएन । किनभने उनी महत्वाकाङ्क्षी तथा उत्प्रेरित थिए र यो सम्भव भयो ।
आज हामीले छातीमा हात राखेर सोच्ने दिन आएको छ कि हामी कहाँ चुक्यौँ ? किनभने हाम्रो मन एकातिर अनि तन अर्कातिर भयो, हामीले सयौँ लक्ष्य बनायौँ एउटै पाएनौँ अनि लाखौँ योजना बनायौँ बिडम्बना सबै बिलाएर गए हामीलाइ जताततै मनोरञ्जनले तान्यो, हामी चुम्बक झैँ तानियौँ, कास त्यसरी नै आफ्नो लक्ष्य प्रति, आफ्नो रुचि प्रति तानिने हो भने हामी नि अहिलेसम्म पक्का महान बन्ने थियौँ । अब सोचेर निर्णय लिने बेला आएको छ कि म केही बनेरै छाड्छु, म केही गरेरै छाड्छु किनभने मेरो जीवन इतिहास रच्नको लागि जन्मेको हो । साँच्चै अब हामी सबैमा यो भावनाको बीजारोपण हुन जरुरी छ । पहिलो कुरा हामीले आफ्नो सोच, दृष्टिकोण बद्लेर हेरौँ सबै परिस्थिति ठीक लाग्न थाल्छ । हाम्रो समाजमा ९०% भन्दा बढी मानिसहरु नकारात्मक प्रवृतिका निराशावादी छन् त्यसैले उनीहरुकै विचारमा आफूलाई हावी गराउन थाल्यौँ भने सफल बन्न प्राय असम्भव छ । हामीले फरक सोच्न सक्नुपर्छ । प्रस्ट लक्ष्य बनाऔँ लक्ष्यको प्राप्तिका लागि स्पष्ट कार्ययोजना तयार गरौँ अनि उक्त कार्ययोजना अनुसार नियमित कार्य गरौँ । यी प्रक्रियाहरु प्राय सबै सफल भएका मानिसहरुले प्रयोग गरेका छन् । एउटा कुरा लक्ष्य प्राप्तिको लागि संघर्षरत रहँदा हामीमा निकै चुनौती आउन सक्छन् त्यो बेलामा आफूले आफूलाई भनौ कि यो मेरो परीक्षा हो म यसमा हटेर होइन डटेर लाग्छु किनभने मलाइ थाहा छ Yes, I can do it.
आजको यो लेखबाट केवल एक दुईवटा कुरा मात्रै पनि जीवनमा लागू गर्नुभयो भने तपाइको जीवन परीवर्तन हुन समय लाग्दैन । हाम्रो विश्वास के छ भन्नाले जब प्रत्येक नागरीक सफल हुन्छन् तब उनीहरुले समाज र राष्ट्रको लागि योगदान दिन सक्छन् । हामी सबैलाई आफ्नो लक्ष्यप्राप्तिका लागि सहयोग गर्न चाहन्छौँ, जसले गर्दा समाज र राष्ट्र उन्नति तर्फ अघि बढ्न पनि एक खुड्किलो हुन सक्छ । हाम्रो यो सकारात्मक अभियानमा यहाँहरु सम्पूर्णको साथ, सहयोग र हौसला प्राप्त हुने विश्वास लिएर विदा हुन चाहन्छु ।
No comments:
Post a Comment