Saturday, November 25, 2017

आफ्नो मुल्याङकन आफैँ गरौँ

Related image

सोच्नुस् त ! हाम्रो पूरा जिन्दगी अनि भविष्यको बारेमा कसरी मूल्याङकन गरीन्छ ? के तपाइलाई यस्तो लाग्छ कि वर्षभरी गरिएको मेहनतलाई ३ घण्टामा मूल्याङकन गरीनु सान्दर्भिक छ ? ल मूल्याङ्कन मात्रै गरीनु त ठीकैछ । तर त्यही मूल्याङकन कै आधारमा हाम्रो भविष्य निर्धारण गरीन्छ । के यो चाँहि सान्दर्भिक छ त ? हो मात्रै एउटै मूल्याङकनले ‘फेल’ वा ‘पास’ को विल्ला भिराइन्छ । वास्तवमा एउटा मूल्याङकनले नै हाम्रो भविष्य वेत्ताको काम गरीरहेको छ । मानव जगत्लाई यो परिपाटीले कता लगिरहेको ? के साँच्चै सही दिशा निर्देश नै गरेको छ त ? साँच्चै भन्ने हो भने हामी यसरी फसेँका छौँ कि न त केही गर्न सकिन्छ न त मर्न नै । सायद एउटा यही दरिलो कारण हो जसले बेरोजगारको संख्या दिनानुदिन बढिरहेको छ । अपराधिक क्रियाकलापहरु पनि कम भएका छैनन् । वर्षको एक दिनको परीक्षा मात्रै जिन्दगी हुनु भएन । अध्ययन हाम्रो जीवनको अमूल्य पाटो हो । हामीले संसारका हरेक आयामलाई जान्न बुझ्न जरुरी छ । सिकाइले हाम्रो जीवनको पक्षलाई विकास गरोस् । न कि पास फेलको विल्लाले मनोवैज्ञानिक असर परेर निराश जीवन जिउन बाध्य बन्नु परोस् । 

अर्काे सोचनिय गम्भीर कुरा चाँहि परीक्षामा राम्रो नम्बर ल्याएर पास भएकाहरु जिन्दगीमा फेल भएका कैयौँ उदाहरण देख्छौँ । यसो भनिरहँदा, के तपाइ यस्तो सोच्दैहुनुन्छ कि पढ्न जरुरी छैन ? कतै यो त सोच्दै हुनुन्न कि म शिक्षालाई दोष दिदैँछु ? बिलकुलै यदि संसारमा मानिसलाई अघि बढाउने कुनै महान तत्व यदि छ भने त्यो हो शिक्षा, चेतना, ज्ञान । तर शिक्षा जीवनको लागि हुनुप¥यो । पक्का पनि शिक्षा जीवनको लागि हुनुप¥यो न कि जीवन शिक्षाको लागि । जीवनलाई सहज बनाउने बाटोमा हुनुप¥यो हाम्रो अध्ययन । एउटै परीक्षाले जीवनको लेखाजोखा नगरोस् । बरु हाम्रो जिन्दगीका प्रत्येक पल परीक्षा बन्न सकोस् । जीवनको हरेक क्षेत्रमा शिक्षा अत्यन्तै महत्वपूर्ण छ । साना साना कर्म देखि लिएर व्यापार, अनुसन्धान, राजनीति लगायतमा हामीलाई शिक्षाको शक्तिले नै साथ दिइरहेको हुन्छ । हामी आफूले जीवनको लागि अध्ययन गर्नुप¥यो न कि प्रमाणपत्रको लागि यदि राम्रो अध्ययन गरीयो भने अब्बल दर्जाको तह आफैँ आउँछ । हामी आफैले शिक्षालाई जीवनमा उतार्नु प¥यो । अर्को शब्दमा भन्नुपर्दा व्यवहारिक बनाउनुप¥यो । त्यसले हामीलाई दक्ष बनाउने हो । एक उदाहरण प्रस्तुत छ । एकचोटि विदेशमा पढेको केटो पानीजहाजबाट घर आउँदैथ्यो । उसलाई आफ्नो पढाइप्रति उसको खुब घमण्ड थियो । नहोस् पनि कसरी विदेशमा पढेको । अनि उसले जहाज चलाउनेलाई साध्यो । तपाइले कति पढ्नुभएको छ ? जहाज चलाउनेले भन्यो । मैले त पढेको छैन सर । यो सुनेपछि विदेशमा पढेको केटोले भन्यो । भनेपछि तपाइको आधा जीवन समाप्त भएछ दाई । अब दुवैजना एकछिन चुप रहे । समुद्रमा छालको गति तीव्र हुन थाल्यो । जहाज पल्टेला जस्तो भयो । अनि जहाज चालकले युवकलाई सोध्यो । सर तपाईलाई पोडिन आउँछ ? तब युवकले आउँदैन भन्यो । चालकले जवाफ दियो । त्यसोभए तपाइको पूरा जिन्दगी समाप्त भयो । तपाइले विदेशका युनिभर्सीटीबाट डिग्री, पी. एच डी गर्नुभयो होला तर यो आँधी वेहरीबाट त्यो प्रमाणपत्र ले बचाउँदैन सर । उसले भन्यो । हाम्रो दैनिक जीवनमा पनि प्रमाणपत्र त देखाउनको लाग मात्रै हो । तर हामीलाई सफल बनाउने त हाम्रो सोच, सीप, जोश जाँगर अनि सकारात्मक कार्य नै हो । सानो विपत्मा समेत आफ्नो जीवनलाई बचाउन नसक्ने शिक्षा के शिक्षा ? 

जीवनलाई भुँवरीबाट निकाल्ने शिक्षाको रुपमा हामी आफूले ढाल्न सक्नुपर्छ । न कि जीवन नै भुँवरीमा परोस् । त्यसका लागि हामी अलिक फरक बनेर सोचौँ । यदि हामीलाई सबैभन्दा बढी जान्ने कोही छ भने त्यो हामी आफैँ हो । हामी के चाहन्छौँ ? हामी भित्रको क्षमता के हो ? हामी आफूलाई कतिको असीमित राख्न सक्छौँ ? असाधारण बनाउन सक्छौँ ? लगायत विषयमा हामी आफू जति बढी कसैलाई थाहा हुदैन । भने हाम्रो बारेमा एउटा परीक्षाले मुल्याङकन गर्नु पक्का जायज छैन । अरुले हाम्रो बाहिरी आवरण बाट मात्रै मूल्याङकन गरेका हुन्छन् भने हामी स्वयमले मात्रै आन्तरीक र बाह्य तवरले मूल्याङकन गर्न सक्छौँ । सुक्ष्म मूल्याङकन गर्न सक्छौँ हामी आफैले आफैलाई । हो एउटा पुस्तकलाई त्यसको बाहिरी कभरको आधारमा त्यसको भित्री अमूल्य पाटोलाई मुल्याङ्कन गर्दा कति गलत बनिन्छ ? त्यसरी नै हाम्रो जीवनको मूल्याङ्कनमा अरुबाट आएको विचार नै सबै कुरा होइन । हामी फरक छौँ आदरणीय मित्रहरु । त्यसकारण हामी आफ्नो मालिक आफैँ र्हाँै । हो एक अर्थमा भन्ने हो भने हामी आफ्नो भविष्यवेत्ता नै हौँ । आजदेखि अध्ययनलाई अझै बढी प्राथामिकता दिऊँ तर परीणाममा खुशी मानौँ । परीणाम जस्तो होस् हामी त्यो भन्दा माथि छौँ भन्ने वास्तविकता बुझौँ । जीवन आजभन्दा भोलि राम्रो बन्नुपर्छ मित्रहरु । त्यो हाम्रै हातमा छ । हामीले गरेका निर्णयहरु सधैँ सही हुन्छन् भन्ने छैन् । तर गलत निर्णय बाट सिक्नुपर्छ । आजको यो लेखले आत्म मुल्याङकन नै सर्वाेत्तम हो जीवनमा अघि बढ्न भन्ने तथ्य बुझौँ । यहाँहरु सम्पूर्णको जीवन पूर्ण आशा र भरोसाका साथ सकारात्मक बाटोमा अघि बढोस् शुभकामना । 

No comments:

Post a Comment