जीवन के हो ? जीवन भोगाइ किन अनियन्त्रित छ ? जीवनमा संघर्ष किन ? जीवनको मूल्य के हो ? के जीवन साँच्चै संघर्ष नै हो त ? लगायत सयौँ प्रश्नले हामीलाई बेलाबेलै गम्भीर बनाउँछ । समयसमयमा नै सोच मग्न बनाउँछ हामीलाई यस्तै प्रश्नको चिन्तन मननले । एक अनौठो चित्कारसँगै मानिसहरुको जीवनको सुरुवात हुन्छ धत्र्तीमा । कैयौँ जीवनहरुको भोगाइ अनि अनुभव सँगाल्दै लाखौँ वर्ष पछिको विकासक्रम सँगै सर्वश्रेष्ठ मानव जीवन हामीले पाएका छौँ । यसमा गर्व महसुस पो गर्ने कि ? हो कुनैबेला एक कोषीय जीवाणु सो सरह हाम्रो जीवन फरक बन्ने संघर्षमा थियो । कोष कोष को विकास सँगसँगै लाखौँ करोडौँ वर्षपछि आज हामी सबै प्राणीभन्दा माथि छौँ । यसो फर्केर पृष्ठभूमि हेर्दा के यो सम्भव थियो र ? जस्तो पनि लाग्न सक्छ । तर यही यथार्थ हो । न हिजो कसैले नकार्न सक्यो, न आज कसैले नकार्न सक्छ वा न त भालिको पुस्ताले नै नकार्नेछ । यो त विकासवादले प्रमाणित गरेको विज्ञान हो । चाल्र्स डार्विनको बर्षौँको खोज अनुसन्धान तथा लगनशीलताको निष्कर्ष हो । सृष्टिका सबै सृजनाहरु परीवर्तनशील छन् भन्ने प्राकृतिक सिद्धान्तमा नै आधारित भएर जीवनको विकास भएको हो । हिजो अर्कै थियो । आज अर्कै छ । सायद भोलि अर्को हुने पनि प्राय निश्चित छ । जीवन आफ्नै प्रणाली अन्तर्गत रहेर चलिरहन्छ । जसरी सूर्यले निरन्तर प्रकाश र ताप दिन्छ जसमा कसैको बाह्य प्रभावले फरक पार्दैन त्यसरी नै जीवन आन्तरीक प्रकृतिमा कसैको हस्तक्षेप रहँदैन । जीवन स्वतन्त्र छ । हामीले पो जानेर नजानेर बन्धनयुक्त बनायौँ त । अब अर्को कुरा सायद संसारमा ‘जीवन’ त्यस्तो शब्द हो जसको बारेमा सबैभन्दा बढी परीभाषा दिइएको छ । हो वास्तवमै सबैले आफ्नै आफ्नै अनुभवको आधारमा जीवनको परीभाषा ठोकी हाल्छन् । अनि जे विश्वासका साथ परीभाषित गरिन्छ त्यो क्रमश यथार्थमा परीणत हुँदै जान्छ । मानौँ कि जीवन संघर्ष हो भन्ने हामीले वीजारोपण ग¥याँै भने जे कुरा पनि संघर्ष नै लाग्न थाल्छ ।
जीवन परीभाषाको लागि भन्दा पनि प्रस्तुतिका लागि हो भन्ने बुझ्न जरुरी छ । जीवनको मूल्य के हो ? भन्ने सबालमा पनि संसार चुप लागेको छैन बडो तर्क बितर्क, वहस विचार हामी जताततै देख्छौँ यस विषयमा । हामी जीवनसँग जोडिएका निकै साना साना कुरालाई धेरै महत्व दिन्छौँ तर बिडम्वना आफ्नै जिन्दगी चैँ ओझेलमा पर्छ । हो हामी मनोरञ्जनलाई महत्व दिइहाल्छौँ । हामी यस्तै कुराहरु जसले खास महत्व राख्दैन त्यस्तोमा पनि महत्व दिइहाल्छौँ तर आफैँलाई बिर्सिन्छौँ । विहानदेखि बेलुकासम्म हामी आफैँबाट टाढा बस्छौँ । यो सब कतै जीवनको मूल्य नबुझेर त होइन ? आदरणीय मित्रहरु हाम्रो जीवन अरुका लागि उत्प्रेरणा बन्नुपर्छ । हामी समाजको सकारात्मक रुपान्तरणमा विशेष सम्वाहक बन्न सक्नुपर्छ । यी सबै सम्भव छन् तर थोरै मात्रै भएपनि आफ्नो जीवनको मूल्यलाई, जीवनको अस्तित्वको सार्थकतालाई बुझ्ने चेष्टा गर्न अत्यन्तै जरुरी छ मित्रहरु ।
सोचौँ त मित्रहरु कि हामीले कैलै आफैँलाई साधेका छौँ कि कतै म रुमलिए कि ? कतै म हराए कि ? हो हामीले बुझ्नैपर्ने वास्तविकता चैँ हामी रुमलिएका नै छौँ । हामी आफैँ हरायौँ अरुप्रति । यदि हराउनु नै जीवनको सार भए, फेरि हामी जन्म्यौँ किन त ? सोधौँ आफैँलाई । बुझ्नुस् मित्रहरु जीवन एक उपहार हो । अझ भनौँ प्रकृतिले हामीलाई दिएको विशेष उपहार हो जीवन । सोचौँ त एउटा अत्यन्तै सानो किन नहोस् कुनै समारोहमा प्राप्त गरेको उपहारलाई हामी कसरी व्यवहार गर्छाैँ ? अनि फर्केर आफ्नो जीवनलाई हेरौँ । सायद त्यो सानो उपहारलाई जतिको पनि खुशी व्यक्त गर्दैनौँ जीवनप्रति । साँच्चै त्यतिको कृतज्ञता पनि व्यक्त गर्दैनौँ हामी आफ्नो जिन्दगीप्रति । यदि त्यसो हो भने किन त ? अझै गौर गरौँ । हामी यात्री मात्रै भयौँ । हाम्रो ड्राइभर अरु नै भए । हामी गाडीको मालिक त हौँ तर चलाउने अर्कै भइदिए हाम्रो जीवनलाई । हामीसँग लाइसेन्स पनि छ तर कतै देखाउँदैनौँ, किन ? शङकाले बा नपत्याउलान कि भनेर । हामीसँग कति क्षमता छ त्यो ठूलो कुरा होइन, हामी कति प्रदर्शन गर्न कोसिस गर्छाैँ त्यो अत्यन्तै महत्वपूर्ण कुरा हो । सफल हुने मानिस र तपाइ हामीमा के नै फरक छ र ? शारिरीक रुपमा । यदि फरक छ भने सोचमा फरक छ । जिन्दगीलाई हेर्ने दृष्टिकोणमा फरक छ । हामीले जीवनलाई थोरै मात्रै पनि प्राथामिकतामा राख्न सिक्नुप¥यो । महत्वपूर्ण पक्षलाई ध्यान दिनुप¥यो । यदि कोही आफ्नो क्षेत्रमा सफल हुन्छन् भने आफ्नो जीवनलाई अलिक महत्व दिने मानिसहरु नै सफल हुन्छन् । यहाँ स्वार्थपनको कुरा जोड्न खोजेको होइन आफ्नो जीवनप्रति सधैँ कृतज्ञ भाव राख्ने कुरा जोड्न खोजेको हुँ । कसले चैँ जीवनलाई महत्व दिएको छैन र ? भन्ने प्रश्न आउन सक्छ तर सोचौँ त हाम्रो आफ्नै मनोमानी आनीबानीले तहसनहस बनाउँदै छ जिन्दगी ।
हामी सबैको जीवन फरक छ । हामी सबैमा विशेष बन्न सक्ने गुण छ । मेरो जीवन अत्यन्तै अमूल्य छ भन्ने भाव मनमा राख्नुपर्छ, सफलताका लागि । हरदम म पक्का केही बन्न सक्छु भन्ने दृढ सोचको विकास हुन जरुरी छ । जीवनको मूल्यलाई प्रस्ट्याउन एउटा प्रसङ्ग प्रस्तुत छ ।
पहिले पहिले आफूले शिक्षा हासिल गरेपछि गुरुलाई दक्षिणा स्वरुप केही दिने गरिन्थ्यो, गुरुदक्षिणा । विद्यार्थीहरुले सोधे, “गुरु जी हजुरलाई गुरुदक्षिणा के दिऊँ ? ” गुरुले जवाफ दिए, “दुई बोरा सुकेको पात ।” अनि विद्यार्थीहरु छक्क परे जाबो दुई बोरा सुकेको पात मात्रै ! अनि विद्यार्थीहरु दुई बोरा सुकेको पात लिन एकजना महिलाको घरमा गए र भने,“हामीलाई गूरुजी ले पठाउनु भएको उहाँहलाई गुरु दक्षिणा स्वरुप दुईबोरा सुकेको पात लिन आएका हामी” ति महिलाले भनिन्, “हामीलाई सुकेको पात धेरै महत्वपूर्ण हुन्छ, भएभरको सुकेका पात इन्धन(दाउरा) को रुपमा प्रयोग गरीसक्यौँ, अब हामीसँग छैन ।” उनीहरु अर्को ठाउँ गए त्यसरी नै त्यहाँ पनि अर्की महिला थिइन् । विद्यार्थीले गुरुलाई गुरु दक्षिणा दईबोरा सुकेको पात मागे तर महिलाले भनिन्, “हामीले सुकेका सबै पात हरुको टपरी (पातको थाल) बनाइसक्यौँ अब हामीसँग छैन ।” अब विद्यार्थीहरुलाई सुकेको पातको महत्वबारे केही प्रस्ट हुन थाल्यो । अन्त्यमा फेरि विद्यार्थीहरु अर्काे ठाउँमा गएर सुकेको पात मागे तब त्यहाँका मान्छेले भने, “सबै सुकेका पातलाई पिसेर हामी आयुर्वेदिक औषधिको रुपमा प्रयोग गर्छौँ, हामी दिन सक्दैनौँ ।” विद्यार्थीले सुकेको पात पाउन सकनेन् । सबै वृत्तान्त गुरुलाई सुनाउँछन् । गुरुले बडो नम्र भएर भन्छन्, “मेरा विद्यार्थी नानी बाबु हो याद राख सुकेको पातको यति धेरै मूल्य रहेछ भने हाम्रो जिन्दगी कति मूल्यवान् रहेछ सोच त ? यति बुझेउ भने जिन्दगीको ठूलो पाठ बुझ्नेछौ अनि जस्तो सुकै सफलता प्राप्त गर्नेछौँ ।”
ल हेर्नुस् सबैले लत्याइसकेको सुकेको पातको मूल्य त त्यत्रो हदसम्म बन्न सक्छ भने एकपटक हाम्रो जीवनबारे सोचौँ । छातीमा हात राखेर आफैँले आफैँलाई भनौँ कि मेरो जीवन अत्यन्तै अमूल्य छ । म जे चाहन्छु, त्यो प्राप्त गर्न सक्छु । हो म गर्नसक्छु । Yes I can Do it. I am Great, I am Fit, Fine and
Excellent. आफैँलाई भनौँ । आजको लेखबाट केवल एक दुईवटा कुरा मात्रै पनि जीवनमा उतार्न कोसिस गर्नु भयो भने यहाँहरुको जीवन बद्लििनेछ । सफलतातर्फ उन्मुख हुनेछ । आजैदेखि ज्ञानलाई जीवनमा उतार्ने सुरुवात गरौँ, Let’s begin it’s time for the Action यहाँहरु सबैको जीवन आफ्नो क्षेत्रमा सफलता प्राप्त गर्न सकोस् । सबैमा अग्रीम शुभकामना ।
Monday, November 27, 2017
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment