तिमीले आँपको बीउबाट स्याउको आशा राख्यौ, पारु ! तिमीले महसुस गरेको हुनुपर्छ कि आँपको पनि आफ्नै छुट्टै विशेषता छ । किनकी स्याउले कैलै आँप हुन्छु भनेन, न त आँपले स्याउ हुन्छु भन्यो । म तिम्रो लागि आफूलाई बदल्न सकिनँ । किनकी मेरो आफ्नै स्वरुपलाई मैले देख्नु, अनुभव गर्नु अनि चिन्नु मात्रै थियो । जति परिवर्तनको जरुरी थियो, त्यति म गर्न सक्थेँ तर सायद तिमीले बढी नै अपेक्षा ग¥यौ जुन न मेरो हितमा थियो न त तिम्रो नै ।
मलाई प्रष्टै याद छ कि तिमीले भनेकी थियौ, “तिमी मेरो रोमियो बन्न सकेनौ” आज म भन्दैछु । “हो, म तिम्रो रोमियो बन्न सकिनँ किनकी म ‘शिव’ हुँ । जसको आफ्नै मन, जीवन र आत्मा छ । जसको आफ्नै चेतना छ, माया गर्ने फरक तरिका छ” ।
बुझ्नुपर्ने अर्काे कुरा तिमी पनि त जुलियट थिएनौ जसको लागि म रोमियो बन्ने साहस गरौँ । तिमी त ‘पारु’ हौ, जसको अस्तित्व सदा सर्वदा सदियौदेखि ‘शिव’ सँग नै जोडिएर पूर्ण भएको छ । वास्तवमा हाम्रो मिलन हाम्रो लागि मात्रै हुने थिएन । हाम्रो अस्तित्व, हाम्रो प्रेम यो संसारमा अर्काे इतिहास हुने थियो । आउँदो पुस्ताको लागि प्रेरणा बन्ने थियो ।
‘पारु’ अब त त्यो ऐतिहासिक बन्ने बनाउने अवसरबाट हामी चुक्यौँ, हामी खलबलियौँ । हामी कहाँ लड्यौँ तिमी पनि सोच र म पनि सोच्छु र एउटा प्रण गरौँ कि अब त्यस्तो गल्ती हामी नगरौँ जसले गर्दा प्रेम टुक्रिन परोस् । हो, म शिव थिएँ, शिव हुँ, कलियुगको शिव । सुचनाको पुस्ताको ‘शिव’ जसले सत्ययुगको शिव झैँ पार्वतीको हालखबर ध्यानदृष्टिले बुझ्न नसक्ला ।
तर पारुको बारेमा हरबखत सोच्न सक्थ्यो । फेसबुकलाई ध्यानदृष्टि विचार झैँ उपयोग गर्न सक्थ्यो । सत्ययुगको शिवले आफ्नी सतीको जलेको शरीरलाई विश्व भ्रमण गराएझैँ म नगराउँला तर बाँचुन्जेल तिमीलाई हात समाएर अङ्गालो मारेर, प्रेमिल जोडीहरु मिल्ने ठाउँमा म घुमाउन सक्थेँ । किनकी म शिव हुँ ।
म तिमीलाई सोध्न चाहन्छु, किन तिमीले विलियम सेक्सपियर पढ्यौ ? त्यसमा पनि ‘रोमियो एन्ड जुलियट’ पढ्यौ ? हुन त यो मामलामा म पनि कहाँ चोखो रहन सक्छु र ? मलाई त्यो पनि याद छ कि हाम्रो चिनजान भर्खर हुँदै थियो । हामीलाई परिचित गराउने नै पुस्तक थिए । म ‘पल्पसा क्याफे’ पढ्दै थिएँ ।
मेरो छेउमै बसेकी उनी बोलिन्, “यो उपन्यास राम्रो छ अरे है ?” मैले भनेँ, “हो, मैले पढीसक्न लागेँ । निकै राम्रो लाग्यो, प्रस्तुतिकरण फरक छ, विषयवस्तु उठान पनि गम्भीर, सबै आकर्षक । साँच्चै भन्नुपर्दा एक ऐतिहासिक कृति, इतिहास बोकेको । पाखा, पहरा, गाउँ बेसी सबै बोकेको । नेपाली कथा बोकेको, एक जीवन कथा । साँच्चै मन प¥यो ।” मैले यति भनेपछि उनले भनिन्, “म पनि पढ्न चाहन्छु ।” “ठीकै छ ।”
हाम्रो कुराकानीको सुरुवात यसरी नै भएको थियो । हाम्रो अरु खासै केही पनि नमिल्दो रहेछ । रुचि, दिनचर्या, अहँ, केही नमिल्दो रहेछ तर यही कि दुवै किताबका किरा रहेछौँ । त्यो केही समयको यात्रा भने यादगार बनायो ।
मैले केही अन्य कुराहरु भएपछि भनेँ, “हामी भेट्न सक्छौँ आउदा दिनहरुमा” उनी, “येस्, अफ कोर्स ।” हामीबीच मोबाइल नम्बर र फेसबुक अकाउन्ट सेयर भयो । उनी भन्दै थिइन्, “म अंग्रेजी साहित्यहरु बढी मनपराउँछु, पढ्छु ।”
अझै थप्दैथिन् “आफैलाई साहित्यका पात्रहरुमा पाउँछु, तर मैले कैलै लेख्ने कोसिस गरिनँ । भावनाहरु दबिएर रहे । कति बिलाए, हराए, कति अझै छचल्किरहन्छन् । हो, महासागर झैँ छाल आउँछन् जसमा विभिन्न बखत माछाहरु आए पोडिए, धमिल्याए अनि गए ।”
उनले के भन्न खोजेकी हुन् मैले ध्यान दिइनँ । तर उनको पहिलो कुराबाट म प्रभावित भएँ र भनेँ, “वो ! सो इङ्लिस लिटे«चर क–कसको पढ्यौ त ? अथवा तिम्रो भावनालाई छुन सफल साहित्यकारहरु को को हुन् त ?” उनी, “मलाई लाग्दैन कुनै लेखकले मेरो भावना छोए, बरु म चाँहि उनीहरुको भावनामा आफूलाई खोज्न थालेँ ।”
फेरि भनिन्, मलाई तसलिमा नसरिनका कृतिहरु मन पर्छन, महिला सशक्तिकरणका विषयहरु सशक्त ढङ्गले उठान गरिएको हुन्छ ।” मैले सोधेँ, “तर फ्रेन्च लभर त केही विकृत अनि उछिृङ्खल जस्तो लाग्छ नि !” उनको गजबको तर्क आयो, “होला, तर समाजको परीपाट अनि चलनले नै त्यहाँका पात्रहरुको त्यो अवस्था सृजना गरेको हो, जसमा लेखक सधैँ सम्मान योग्य छिन्, जसले लेख्ने साहस गरिन् ।”
घ्याच्च ड्राइभरले ब्रेक लगाए हामी दुवै अगाडि हुत्यौँ, हाम्रो गम्भीरता भङ्ग भो । म सोच्दै थिएँ, कि यति सचेत अनि परिस्कृत भावना भएकी र अध्ययनशील युवती जो अरुभन्दा पृथक छिन् । मैले त्यसै भनेँ, उनी थोरै हाँसेर “हो र ! थ्याङक यु ।” अब हामी छुट्ने वाला थियौँ तर मैले सोधेँ, “अनि राइटर ?”
उनी, “कति छन् कति, तर विलियम सेक्सपियरबाट निकै प्रभावित छु । सानोमा ‘रोमियो एन्ड जुलियट’ पढेको थिएँ । त्यति याद छैन, अहिले पुनः पढ्न मन छ ।” म, “वो ! रियल्ली ग्रेट, म सँग छ, म तिमीलाई दिन सक्छु । यदि हामी भेट्यौँ भनेँ ।” बस रोकियो, मेरो गन्तव्य आइपुग्यो । उसलाई वाइ भनेँ ।
फेसबुकमा कनेक्ट हाँै है भन्दै म हिँडे । ऊ “आके सुयर ।” म ति पलहरु सम्झदै थिएँ । मैले उनको नाम नसोधी नै जानेको थिएँ । उनको हातमा पनि कभर नभएको बुक थियो । कुन बुक हो, मलाई थाहा भएन त्यहाँ अंग्रेजी स्पेलिङ्गमा लेखिएको थियो ‘पारु’ म केही चकित हुँदै भनेँ, “पारु” ऊ, “येस्, तपाइको चैँ ?” “तिमी धेरै छक्क पर्छौ,” उनी “किन ?” म, “किनकी माइ नेम इज ‘शिव’ ।” उ अचम्म मान्दै, लामो सास फेरेर भनि, यसरी शिव नाम गरेको मान्छेसँग कैलै कुराकानी गरेको थिइनँ । हामी दुवै हास्यौँ । मैले प्याच्च भनिहाँले, “अब कलियुगमा इतिहास रच्नुपर्छ शिव पारुको…।”
हामी फेरि हास्यौँ । यतिकैमा हामी अन्य प्रसङगका साथ विदा भएका थियौँ । सायद दुइतिन भएको थियो फेसबुक नचलाएको । आज चलाएँ, डेढ दुई सय फ्रेन्ड रिक्वेस्टहरु थन्किरहेका थिए, आज नयाँ रिक्वेस्ट तिनै पारुको रहेछ । मैले एक्सेप्ट गरेँ अनि हाइ भने तर अनलाइन थिइनन् । मैले अझै लेखेँ “थ्याङ्क यु फर सेन्डिङ् रिक्वेस्ट, यदि हामी सक्छौँ भने भेट्ने कोसिस गरौँ ।”
मैले किन यसो भनेँ मलाई नै थाहा छैन, सायद मैले केही बढी नै पो सोच्न थालेको थिएँ कि ? भोलिपल्ट मेसेज आएको रहेछ एकदम खुशी लाग्यो । उनको मेसेज, “हाइ नमस्ते, येस् स्युर, वि क्यान मिट् ।”
हामी फेसबुकमा रेगुलर कुरा गर्न थाल्यौँ । उनी धेरै राम्री थिइन् । वास्तवमा कुरा गर्दा यस्तो लाग्थ्यो कि उनी धेरै नै बौद्धिकताले भरिपूर्ण छिन् । म साँच्चै उनीप्रति आकर्षित भइसकेछु, तर मैले केही भन्न सकिनँ किनकी म चाहन्थेँ एक पटक भेटौँ ।
लगभग १५ दिन पछि हामीले एउटा क्याफेमा भेट्ने निर्णय ग¥यौँ । मैले उनको लागि उपहार स्वरुप ‘रोमियो एन्ड जुलिएट’ दिने भएँ । हाम्रो भेटमा निकैबेर संवाद भयो । पुस्तक संवाद, प्रेम संवाद, सफलता, जीवन दर्शन इत्यादि संवाद धेरै सम्वादहरु हामी समक्ष प्रस्तुत भएका थिए । हामीले चिया कफी खाएनौ । स्प्रिङ्ग रोल मन परायौँ । उनले पुनः भन्दैथिइन् कि म कैलै शिव नाम गरेको मान्छेसँग नजिक भएकै थिइनँ तर तपाइसँग त्यस्तो धेरै विचार पनि मिल्दैनन् ।
म गम्भीर छु, तपाइ फनी तर किन होला है ? मैले केही फरक ढङ्गले भनेँ “पक्का पनि प्रेम गर्नको लागि हुनसक्छ, हाम्रो सामिप्यता ।” उनी हाँस्दै, “म प्रेमलाई प्रेम नै गर्दिनँ ।” यो प्रसङ्ग लामो हुनै सकेन । उनलाई घरबाट फोन आयो । त्यस दिनलाई हामी अधुरै छुट्टियौँ । अँ, मैले ‘रोमियो एन्ड जुलिएट’ उनलाई दिएँ र भनेँ कस्तो लाग्छ मलाई अप्डेट गर्दै गर । बेलुका फेसबुक खोलेँ, उनी पनि अनलाइन रहिछिन् ।
मलाइ सोध्न मन लाग्यो, “रोमियो एन्ड जुलियट पढिसक्यौ त ?” उनी, “आधा भन्दा बढी, कतिपय शब्दहरु डिक्स्नरीमा खोज्दा समय लाग्यो ।” म, “अहिलेसम्म कस्तो लाग्यो त ?” “एकदम राम्रो, म त केके कल्पना गर्न थालेँ ।” “ओ के के ? लौ त्यसो भा केही हुन्छ कि क्या हो ?” ओ सिट ! वाइफाइ अफ भएछ सायद राती भएर हो कि वा नेपाली पहिचान दिन खोजेको हो ? धन्न त्यो लास्ट मेसेज चाँहि सेन्ट भयो । आजलाई विदा नमागी विदा हुनुपर्यो ।
वास्तवमा म आफैसँग धेरै कुरा गर्न थालिसकेको थिएँ, जसको मतलब हुन्थ्यो कि मैले कसैलाई सायद थाहै नपाइ प्रेम गर्न थालेँ । मैले केहीदिन देखि मेरो ध्यानमा बाधा पुगेको महसुस गर्दै थिएँ, जसको पनि मतलब त्यही हुन्थ्यो कि कसैको भावनाले मलाइ तानेको हुनुपर्छ ।
अन्ततः यही ठहर भयो कि म उनलाई मन पराउन थालेछु । म आउँदो जीवनको रथ उनीसँग जोडिएर बिताउने कल्पना गर्न थालेँ । यो स्वभाविक हो कि कसैले कसैलाई मन पराउनु, वा माया गर्नु । मप्रति उनको धारणा के छ, त्यो मैले अड्कल गर्न सकिनँ तर मनले भन्दै थियो कि उनी नकारात्मक हुन नसक्लिन् ।
मैले जकरबर्गको दुनियाँबाटै उनलाई प्रस्ताव राख्ने निधो गरेँ, चाहे परिणाम जे होस् । एकदिन बेलुका अनलाइन भएको मौकामा म बोल्न थालेँ । उनीसँगको संवाद अतुलनीय हुन्थ्यो । साँच्चै गजबकी थिइन् उनी । केही समयको कुराकानी पछि मैले लेखेँ, “पारु, आज मैले यस्तो सपना देखेँ जुन म तिमीलाई भन्न चाहन्छु तर सजिलो छैन ।” पारु, “ओ वा ! प्लिज, भन्नुस् न किन सजिलो छैन ?”
“यही कि कतै तिमीले नबुज्ने पो हो कि भन्ने लाग्छ ।” पारु हाँस्दै, “हा, हा, हा, नबुझे सोधौँला नि भन्नुस् न ।” मैले भनेँ, “ आज राती सपनामा एकजना देवी आएकी थिइन् अनि उनी मलाइ भन्दै थिइन् कि तिम्रो जीवनमा ज्योति छर्न परी आएकी छिन्, छिटो कुरा अगाडि बढाइहाल, अँ तिमीहरुको भर्खर चिनजान भएको छ ।” पारु मज्जाले हाँसेकी हुनुपर्छ किनकी हाँसोको ठूलो स्टिकर पठाएकी थिइन् र भनिन्, “हो र ? उसो भए हिजो आज रिक्वेस्ट आएकामा ट्राइ गर्ने कि ?” फेरि उस्तै हाँसोको स्टिकर । मैले भनेँ, “मैले अघि नै भनेको थिएँ कि तिमीले बुज्दैनौ भनेर, उफ् बेकार भनेछु ।”
पारु, “मलाई बुझाउन सक्नुहुन्छ नि ।” “तर तिमीले सोधेनौ ।” पारु, “अँ साँची मैले त्यो बुक पढीसके नि ।” यसरी फेरि प्रसङ्ग मोडियो । मैले भनेँ, “वो ग्रेट, सो टेल मि, कस्तो लाग्यो त ?” “सुपर्व, वन्डरफुल, मेरो मनले यस्तो भन्न थाल्यो कि मेरो जीवनमा पनि रोमियो आओस् ।” “रोमियो त कसरी आउँछ र ?” “आइ मिन, रोमियो जस्तै डेडिकेटेड ।” “तिमी लेख्न सक्छौ कि शिव इज इक्वल टु रोमियो अर शिव प्लस पारु …।”
“हा हा हा हा सो सप्र्राइज्ड, आइ ह्याभ नेभर थट सो ।” “मलाइ त्यस्तो लाग्दैन, तिमीले पनि जरुर केही सोचेको थियौ ।” “तपाइ धेरै बाठो हुनुहुन्छ ।” “हा हा हो र ? तर आइ डन्ट थिङक सो ।” “हो, फलेको हाँगा सधैँ झुकेको हुन्छ ।” म फेरि टपिकमा आएँ र भनेँ, “येस डियर, आइ एम टेलिङ यु सिरियसली ।” उनी, “यो विषयमा हामी भेटेर कुरा गरौँला ।” म, “कैले ?” “भेरी सुन्, म चाहन्छु यदि अरु कुनै पुस्तक छ भने ल्याइदिनुस् ।”
“ओके स्युर, आइ विल ब्रिङ्ग ‘दि अल्केमिष्ट’ ।” “वा ! अमेजिङ् पाउलो कोहेलो इलेभेन मिनेट मैले पढिसकेको छु, धेरै राम्रो छ ।” हामी करिब ४÷५ दिन पछि भेट्यौँ । सामान्यतया फेसबुकको मेसेजमा उनी पनि मेरो प्रस्ताव प्रति पोजेटिभ भएको अड्कल म सजिलै गर्न सक्थेँ तर म ढुक्क भने थिइनँ । यो भेटमा हामी पार्कमा गयौँ । मनोरम दृश्यको साथमा । म यसपटक केही नर्भस थिएँ, उनी पनि सहज थिइनन् । केही कुराकानी पश्चात् मैले भनेँ, “तिमीलाई रोमियो चाहियो रे ?” हलुका हाँस्दै उनी, “येस् ।” “म रोमियो त होइन र बन्न सक्दिनँ पनि तर शिव र पारुको इतिहास बनाउन म तयार छु ।”
मैले अझै थपेँ, “खासमा म नजानी नजानी तिमीलाई धेरै प्रेम गर्छु, पारु । म तिम्रो साथ चाहन्छु जीवनमा ।” उनी, “तपाइ एकदम सही हुनुहुन्छ कि मैले पनि सायद तपाइलाई चाहेकी हुनुपर्छ, तर म यकिन छैन । वास्तवमा मेरो पे्रमील भावनात्मक चेतहरु रोमियोले तान्यो खयर कथाकै पात्र किन नहोस् । यसमा तपाइको पनि हात छ कि त्यो पुस्तक तपाइकै सुन्दर उपहार थियो ।” “तिमीलाई यस्तो लाग्दैन यो पागलपन हो ।” “पागलपन त प्रेम हो नि !”
“तिमीलाई विश्वास छ कि रोमियो पुनः भेट्नेछौ ?” “छैन, त्यसैले त मेरो प्रेम कैलै मर्दैन ।” “सो डु यु मिन हामी भेट्यौँ अब यो प्रेम मर्नेछ ?” “त्यस्तो पनि होइन । यहि कि म ‘शिव’ लाई प्रेम गर्न सक्छु, तर देखाउन सक्दिनँ । अनि मैले शिवलाई मतलब तपाइलाई प्रेम गर्नु मेरो मनलाई धोका दिनु हो जुन म चाहन्न ।”
यस्तो कुरा गर्दा लाग्थ्यो केही समस्या भएर पो हो कि तर सोधिनँ । म, “मैले तिमीबाट के आशा राख्ने ?” “केही नराख्ने ।” बेलाबेला साँच्चै कठोर जवाफ आएको महसुस हुन्थ्यो । चाहे जे होस्, मैले त्यहाँभन्दा अघि बढ्नुहुने थिएन । अरुको भावनाको कदर गर्नु पनि त प्रेम नै हो । हामी कैलै नसकिने तर्क बितर्क सँगै छुट्टयाँै सायद अब कैलै नभेट्ने गरी । मैले जाँदै गर्दा अन्तिम उपहारस्वरुप ‘दि अल्केमिष्ट’ दिदै भनेँ, “पारु, यदि सक्छौ यी सबै कुराको कारण देऊ ।” पारु, “म मेसेज लेख्नेछु ।” मन धेरै भारी थियो । केही अमूल्य कुरा गुमाए भन्ने महसुस भयो । सोच्न थालेँ प्रस्ताव नराख्या भएपनि त हुन्थ्यो ।
आँखाहरु झुकेका थिए । थाहै नपाइ आँसु झरेछ । मैले फेसबुकमा मेसेज पर्खेँ । पक्का मेसेज आउनेछ । आखिर जीवन एक आशा न हो । प्रत्येक क्षणको आशा, पुनः जीवन बाँच्ने आशा । साँच्चै मेसेज आयो । दुःखलाग्दो कुरा रिप्लाइ गर्न नसकिने थियो कारण सायद आफ्नो अकाउन्ट डियाक्टिभेट गरीन् वा मलाइ ब्लक गरीन् । मैले थाहा पाउनै सकिनँ । मेसेज पढेर फोन ट्राइ गरेँ उपलब्ध हुन सकेन ….। “मलाई केही कारण नसोध्नुस् किनकी सायद म कारण दिन कहिल्यै सक्दिनँ । कारणमा प्रेम हुँदैन । तपाइसँगका यादहरु मनमा लिएर म रोमियो सँगै बाँच्नेछु । किनकी तपाई मेरो रोमियो बन्न सक्नुभएन ।
म तपाइ भन्दा धेरै टाढा जाँदैछु सायद तपाइ कल्पना गर्न सक्नुहुन्न । थ्याङ्क यु सो मच फर एव्रिथिङ्क, स्टे ब्लेस्ड, गुड बाइ ।” यो मेसेजले धेरै कुरा बोकेको छ । तर केही बुज्न सकिनँ । कल गर्ने अनिगिन्ती प्रयासहरु विफल भए । मात्रै मनले सोच्यो कि कतै केही समस्या छ कि, वा भगवानले लान खोज्दैछन् कि ? वा म उनको प्रेममा बाधक थिए कि ? अनेक भावहरु मनमा उर्लिए ।
थामिएनन् फेरि आँसु साथी झर्यो । किन ? कसरी ? के भयो ? जस्ता प्रश्नको यथार्थ जवाफ मैले आजसम्म प्राप्त गर्न सकिनँ । म अधुरै रहेँ । हामी अधुरै रह्यौँ त्यो पलमा । एउटा प्रश्नले मनलाई सधैँभरी झस्काइरहन्छ किन ??? तर म चाहन्छु भगवानले फेरि ‘पारु’ सँग भेट गराइदिनऊन् र प्रेमको एउटा महान् गाथा रच्न सकौँ दुवै मिलेर । अहिले जस्तो हामीबीच रोमियो हुने छैन किनकी म उनलाई रोमियो एन्ड जुलिएट दिनेछैन ।