धैर्यता मानिसको सच्चा चरित्र
निर्माण गर्ने विशेष गुण हो । जीवनको हरेक दुःख सुख तथा उतार चढावहरुमा धैर्यताको
कमीले गर्दा कतिले आफूलाई असन्तुलित बनाउने गर्छन् भने कतिले त ज्यानसमेत
गुमाउँछन् । धैर्यताको कमीले आफ्नो सुमधुर सम्बन्धसमेत धरासायी बन्छ । अर्को
महत्वपूर्ण कुरा भनेको सफलता प्राप्तिको यात्रामा धैर्यताले अत्यन्तै अग्रणी भूमिका
खेल्दछ । यो ठोकेरै भन्न सकिन्छ कि धैर्यताको कमी हुने व्यक्तिहरु जीवनमा खुशीले
बाँच्ने कुरामा सफल हुनै सक्दैनन् । त्यसैगरी आफूले चाहेको विभिन्न आयाममा सफल त
झन् हुनै सक्दैनन् । किनकी धैर्यले नै आफूलाई बलियो बनाउँछ र नयाँनयाँ प्रतिभा, सृजनशीलता तथा सम्भावनाको
जन्म दिन्छ ।
सर आइज्याक न्यूटनले भनेका छन्, “म
प्रतिभावानभन्दा बढी धैर्यवान हुँ, किनकी मेरा सबै प्रतिभाहरु
धैर्यताले नै जन्माएको हो ।”
त्यसकारण धैर्यताले हामीलाई विशेष बनाउन सक्छ । हिजो जीरो थियौँ
भने भालि हिरो बनाउन सक्छ । यहाँ विशेषगरी सफलता प्राप्तिमा सहनशिलता वा धैर्यताको
कस्तो भूमिका रहन सक्छ भन्ने प्रसंगलाई जोड्न लागिरहेको छु ।
हामीले बुद्धिमान कागको कथा पक्कै
सुनेका छौं । प्रसङ्ग थोरै फरक छ तर अत्यन्तै सन्देशमूलक पनि । एकदिन एउटा काग
एकदमै तिर्खाएको थियो र पानीको खोजीमा धेरै टाढासम्म भौंतारियो । पर एकठाउँमा एउटा
घैलाको पिँधमा मात्र थोरै पानी भेट्यो । उसले पनि ‘बुद्धिमान काग’को कथा सुनेको
थियो । उसले सानासाना ढुङ्गा ल्याएर खसाल्न थाल्यो । तर उसलाई के लाग्यो भने आफूले
कथा सुनेको त्यो बुद्धिमान कागको पनि बुद्धि रहेनछ । किनकी सानासाना ढुङ्गा ल्याएर
घैलामा हाल्दा घण्टौंपछि मात्रै पानी माथि आयो । म चाहिँ बरु त्यसको सट्टामा एउटै
ठूलो ढुङ्गा ल्याएर किन नहालुँ ?
जसले गर्दा पानी छिटो माथि आउँछ र छिटो पिउन पाउँछु अनि मलाई अझ
बुद्धिमान कागको रुपमा संसारले सम्झिनेछ ।
यस्तै सोचेर उसले एउटा ठूलो
ढुङ्गा ल्याएर सक्दो बलले घैलामाथि खसाल्यो तर घैला प्वाट्ट फुटेर सबै पानी
तुरुन्तै बालुवामा बिलायो । अन्ततः ऊ तिर्खाले नै छट्पटायो । वास्तवमा त्यो कागसँग
अलिकति पनि धैर्यता थिएन । जसले गर्दा पाइसकेको पानी पनि त्यसले गुमाउनुपर्यो, अनि तीर्खामै
भौँतारिनुपर्यो । कतै हाम्रो पनि धैर्यताको कमीले पाएको अवसर पनि गुमाउनु परेको त
छैन ? अस्तित्वले दिइसकेको पनि गुमाउनु परेको त छैन ?
हामी सबै तुरुन्तै सफल हुन
खोज्छौँ, जुन हाम्रो भ्रममात्र हो । हो, कोही लट्री परेर सफल होलान् तर
प्रक्रियालाई अङ्गालेर सफल हुन समय लाग्छ । जस्तै जतिजना डकर्मीहरु खटिए पनि आखिर
सिमेन्टेड घर बनाउन एकैदिनमा सम्भव हुँदैन । त्यसैगरी हामी जतिसुकै क्षमतावान किन
न हौँ, तर एकैदिन सबै सम्भव छैन । तर धैर्यतासहित निरन्तरता भए जे पनि
सम्भव छ ।
नेल्सन मण्डेलाले भनेका छन्, It seems impossible until it’s done. हो, साँच्चै नगरुन्जेलसम्म सबै असम्भव लाग्छ । याद राखौँ कि, हामी सबैबाट
अत्यन्तै महत्वपूर्ण उत्प्रेरणा पाउन सक्छौँ । हामी जब कुनै काम आरम्भ गर्छाै
सुरुवातमा हार्न सक्छौँ, खस्न सक्छौँ । त्यसपछि हामी हाम्रो यात्रा अधुरो छाडिदिन्छौँ । यदि
कर्म पूरा भएन भने हाम्रा लक्ष्य,
सपनाहरु अधुरा हुन्छन् । हामी समुद्रमा रहेर पनि प्यासले नै मर्छौँ
। जमिनमा रह्यौँ भने पनि भोकले नै मर्छौँ । वास्तवमै यदि धैर्यता र गतिशील कर्म
भएन भने न त हामीलाई भगवानले साथ दिन्छन् न त भाग्यले नै ।
जति नै सफल एवम् महान कलाकार हुन्
वा व्यापारी एकैचोटी त्यो सफलता हासिल गरेका होइनन् । कडा मेहनत त्योभन्दा पनि
ठूलो धैर्यताले आज उनीहरु ब्रान्ड छन् । उनीहरुको नामले नै काम बन्छ । हामीले
जीवनमा के गर्ने भन्ने स्पष्ट हुनुपर्यो अनि सफलता प्राप्त नगरिञ्जेलसम्म टिक्ने
संकल्प गर्नुपर्यो । याद राख्नुस्, जो टिक्न सक्दैन ऊ बिक्न पनि
सक्दैन तर जो सिक्न सक्छ, ऊ जरुर बिक्न सक्छ । त्यस्तै जो धैर्यताले हरेक मामलामा टिक्न सक्छ
ऊ संसारमा बिक्न सक्छ । र, जो जो संसारमा बिक्न सक्छन्, उनीहरु नै सफल हुन । यति
बुझिसकेपछि टिक्नुको विकल्प छैन भने टिक्ने संकल्प गर्नैपर्छ ।
सुनको शुद्धता आगोले नाप्ने
गरिन्छ । जुन कोइलाले अत्याधिक चाप र ताप सहन्छ, त्यही कोइला मात्रै हीरा बन्न
सक्छ । त्यसकारण हामी कोइलामै सीमित रहने कि हीरा बन्ने ? अझ कोहीनुर
बन्ने कि ? छनोट आफ्नै हातमा छ । हाम्रो जीवन यात्रामा कसैले आएर हिंडिदिँदैन
। मानौँ कोही आएर हिँडिदियो भने पनि जो हिँड्छ त्यही सफल हुने हो । त्यसकारण हामी
आफैँ हिड्नु पर्छ ।
यो यात्रा क्षणिक पनि होइन, एकदमै निरन्तर
प्रक्रिया हो । जसका लागि हामीमा संयम हुनैपर्छ । एउटा बच्चा एकैचोटीमा हिंड्न
सक्दैन । पहिले ऊ घिस्रिन्छ,
उसलाई कति पीडा हुँदो हो पेटले घिस्रिँदा ? तर फेरि धैर्य
भएर घुँडाले हिंड्छ । अनि उभिएको केही समयपछि मात्रै निकै संघर्षले हिंड्न थाल्छ ।
त्यसैगरी हामी सबैलाई थाहा छ कि धान रोपेपछि ३ महिना पर्खनैपर्छ । हामीले पनि
जीवनमा केही हासिल गर्ने हकमा सफल बनाउने कर्मरुपी बीउ छर्ने हो । कति फल हात
लाग्छ, त्यो भोलिका दिनले देखाउँछ । तर आज बीउ छर्नु त जरुरी छ ।
कहिल्यै कुनै कामको लागि पूर्ण र
अत्यन्तै राम्रो समय थिएन र हुँदैन पनि । आज जे छ, जस्तो छ, त्यही नै
राम्रो समय हो । यदि हामी आफ्नो सफलताको मार्गमा हिंडिरहेका छौँ भने सायद हामी
घिस्रिँदै छौँ । हामी बामे सर्दैर्छौँ । अत्यन्तै पीडा हुन्छ । कष्ट हुन्छ, दुख्छ । तर
दुख्यो, असह्य भयो भनेर हामीले छोड्यौँ भने पछि सफलता र अवसरले हामीलाई पनि
छोड्दिन्छ । त्यही बेलामा अत्याधिक पीडा हुनसक्छ । तर याद राखौँ आजको पीडाबाट
पाएको अनुभवले नै भालिको सुख निर्धारण गर्ने हो । जीवनको पीडाले पाठ सिकाउँछ, नयाँ अनुभव
दिन्छ । तिनै कुराले नै हामीलाई सफल बनाउँछ ।
वास्तवमा जीवन आफैंमा एक
विश्वविद्यालय हो । हरेक आयाममा,
जहाँबाट बिना लगानी जीवनका अमूल्य ज्ञान प्राप्त हुन्छन् । जुन
लगानी गर्दासमेत अरु विश्वविद्यालयबाट पाइँदैन । महान चित्रकारहरुले धैर्य भएर
चित्र कोर्नाले नै सफल भएका छन् । जस्तै लियो नार्दो दा भिन्चीले मोनालिसाको
पेन्टिङ तीन वर्ष लगाएर गरेका रहेछन् । आज त्यही चित्र अमूल्य छ संसारमा । त्यस्तै
संगीतकार, गीतकार, गायक, वैज्ञानिक तथा लेखकहरु धैर्यताका साथ निरन्तर मेहनतले मात्रै सफल
भएका हुन् । यदि उनीहरु पनि हामीजस्तै मानव हुन् र उनीहरु सफल हुन सक्छन् भने हामी
किन सक्दैनौँ ? आफैलाई प्रश्न गरौँ ।
हामी उनीहरुजस्तै मेहनत गर्दैनौँ
भने आजैदेखि त्यस्तै मेहनत गर्ने प्रण गरौँ । संयमतालाई अपनाऔँ । हामी पनि एकदिन
आफूले खोजेका ठाउँमा पुग्छौँ । याद राख्नुस् जीवनमा आफूलाई कस्तो बनाउने त्यो
हाम्रै नियन्त्रणमा छ । यो मैले भनेको होइन, धेरै वैज्ञानिक तथा मनोवैज्ञानिक
अनुसन्धानले निकालेको निश्कर्ष हो।
फूलको झैँ सुगन्ध कुनै झारमा हुन्न बुझौँ,
जीवनको वास्तविक ज्ञान संसारमा हुन्न बुझौँ,
लेखेको पाएँ यस्तै हो भन्दै पाइला रोक्नेहरु,
याद राख, कसैको भाग्य निधारमा हुन्न बुझौँ ।
जीवनको वास्तविक ज्ञान संसारमा हुन्न बुझौँ,
लेखेको पाएँ यस्तै हो भन्दै पाइला रोक्नेहरु,
याद राख, कसैको भाग्य निधारमा हुन्न बुझौँ ।
हामी एउटा अडिग निश्कर्षमा पुग्न
सक्छौँ । हामी सबैले महान बन्ने भाग्य अनि विशेष गुण लिएर आएका छौँ । अब कर्म
गर्ने जिम्मा हाम्रै हातमा छ । ीभत’क दभनष्ल ष्त’क तष्mभ ायच तजभ
ब्अतष्यल। आफूले मनले चाहेको विषयमा कर्म गरौँ । फलको आशा नगरौँ । अनि फेरि पनि
निरन्तर कर्म गरौँ । हामी सबैमा महानताको विशेषता छ । आफ्नो लक्ष्य प्राप्तिमा सबै
सफल बन्नुस्, मेरो अग्रिम शुभकामना ।
(लेखक मोटिभेसनल स्पीकर हुन् ।)
(लेखक मोटिभेसनल स्पीकर हुन् ।)
No comments:
Post a Comment