Friday, November 24, 2017

Related image
तिमी मेरो लागि फुल होइनौ ... फूलभन्दा माथिको अस्तित्वमा छौ, तिमीप्रतिको मेरो भावना अनुपम प्रेममा बदलिरहेका छन् | तिम्रो अध्यात्मिक सुन्दरता, मनको स्वच्छता, भावनाको पवित्रतामा म यसरी समाहित भए कि निस्कने कुनै आधार छैन | तिम्रो मुटुमा अवस्थित प्रेमको महासागरमा म पौडी खेल्न अभ्यस्त बनिसकें जसले गर्दा मलाई थप आत्मविस्वासी र खुशी बनाएको छ | म तिम्रो आत्मिक सुन्दरतालाई बयान गर्ने कोसिसमा छु, तर म त्यति सफल हुन्न | किनकि मैले कुनै विशेष सब्दको आविष्कार गर्न जरुरी छ | यहाँ मौज्दुत शब्दहरु तिम्रो वर्णन गर्न असमर्थ छन् | 

No comments:

Post a Comment