सामान्यतया हामी किन चिन्तित हुन्छौँ ? हामीले कैलै सोचेका छौँ ? चिन्ताको कारणको विषयमा हामीले सोच्न हामीसँग समय नै छैन । र दुखको कुरा चाँहि हामी शान्त भएर बसेको पल पनि छैन । तनावको कारण खोज्छौँ तर त्यसको निवारण प्राप्त हुँदैन । हामी किन यसरी भौतारिदैछौँ ? किन आफ्नो आत्मसन्तुष्टिका लागि सोच्दैनौ ? कुनै पनि त्यस्तो उपाय छैन जसले जीवन सुखमय हुन सक्छ ? हाम्रो जीवनमा सक्रियता बढाउनु प¥यो । सक्रियताले चिन्ता घटाउँछ । हामी धेरै विषयमा सोच्ने गर्छाैँ तर कार्य गर्दैनौ जसले तनाव सिर्जना गर्छ । अनि तनावले चाँहि दिमागमा दबाब सिर्जना गर्छ । त्यही दबाबले जीवन कष्टकर बनाउँछ । हामीले बच्चालाई हेर्न सक्छौँ जुन अत्यन्तै व्यवहारिक प्रमाण हुन सक्छ । जस्तो कि बच्चाालाई एकैठाउँमा राख्यो भने ऊ अत्यन्तै छटपटाउँछ । चिन्तित हुन्छन् तर जब ऊ कसैगरी सक्रिय हुन्छ । चाहे त्यो केही कुरा खान होस् वा हिड्न जे सुकै गर्न सक्रिय हुने बितिकै उसको मुहारमा खुशीयाली भरीन्छ । साँच्चै धेरै राम्रो महसुस गर्छन् उनीहरुले आफू सक्रिय रहँदा । हामीले बच्चाबाट यो सिक्न जरुरी छ । बच्चाका कुराहरु तलै राखिन्छ तर साँचो अर्थमा तिनै बच्चाहरुले नै अवोध रुपमा हामीलाई महान बन्न प्रेरित गर्न सक्छन् । उनीहरुको हरेक कुरामा यो सक्रियता पनि एउटा उदाहरण हो । साँच्चै बच्चाहरु चुप लाग्नै सक्दैनन् । त्यसकारण उनीहरुले धेरै सिक्छन् । तर हामीसँग सक्रियता हुँदैन । हामी कुनै काम सक्रिय ढङगले गर्दै गर्दैनौँ । अनि जहाँ सक्रियता हुदैन, त्यहाँ सफलता पनि हुँदैन । अनि जहाँ सफलता हुँदैन, त्यहाँ सन्तुष्टि पनि हुँदैन । त्यसकाराण सक्रियता जीवनको हेरक आयामलाई अघि बढाउने प्रमुख तत्वहरुमध्ये सक्रियता पनि प्रमुख व्यवहारिक कुरा हो । हाम्रो मस्तिष्कमा रहेको सोचको भारीलाई सक्रियताले शक्तिले छाट्ने काम गरौँ । अर्काे शब्दमा भन्नुपर्दा सक्रियताले विचारमा निखार पन ल्याउँछ । अनि त्यहि माझिएको विचारले हामीलाई जीवनमा अघि बढ्न उत्प्रेरित गर्छ ।
हामीले जे सोचेका हुन्छौँ त्यस विषयमा जे जति सकिन्छ सुरुवात गरीहाल्ने । अनि हामीलाई बडो फूर्ति चल्छ । एक दुईदिन त हामी काम पनि गर्छौ फेरि अर्काे दिन उस्तै । किन त्यस्तो ? कैलै सोचेका छौँ ? किनकी हामी एकदिनले सबै कुरा हुनुपर्ने ठूलो आशा राख्छौँ । जुन एक पागलपन मात्रै हो । जब हामीलाई तनाव हुने गर्छ, तब हामीले कारण पहिल्याउन कोसिस गर्नुप¥यो ।
No comments:
Post a Comment