Saturday, August 26, 2017

आशा र उत्प्रेरणा



Related image

कहिले काहीँ हामी जिन्दगी देखि दिक्क भएर
निराश हुन्छौ , यस्तो लाग्छ सबथोक अँध्यारो
भइसकेको छ । एउटा कुरा हमेशा याद राख्नुस
समस्याहरु हाम्रो जीवन को प्रतीक हो ।
यसले हामी बाँचेको छौ भन्ने ठहतिन्छ
तर हाम्रो पुरै ध्यान यसैमा लगाइदिने गर्छौ ।
कोहि दिनमा या रातमा आफ्नो Looks देखेर टेन्सन  देखिन्छन भने कोहि आफ्नो
करियरलाई लिएर टेन्सन देखिन्छन
कोहि Financial प्रोब्लम्स लिएर टेन्सन मा हुन्छन
किन हामी आफ्नो Blessing लाई Count गरेर खुशी नहुने ,
किन हामी पेट भरेर खानको लागि भगवानलाई थ्यान्क्स नभन्ने ,
किन हामी आफ्नो प्यारो फेमिलिप्रती कृतज्ञ नहुने ,
हामी जिन्दगीको त्यो 99% कुरहरुमा दियौ जहाँ वास्तवमै हाम्रो जिवनलाई राम्रो बनाउछ
त्यसोभए आजबाट हामी Life को
Problems लाई आवश्यकता भन्दा बढी Seriously लिन छोडौ ,
जिवनको सानो सानो खुशिहरुमा Enjoy गर्न सिकौ
अनि मात्र हामी Life लाई सहि अर्थमा जिउन सक्छौ
चाहे तपाईं जतिसुकै ठूलो मुश्किल मा फस्नुस  तर कहिले आफ्नो आत्मविश्वास नगुमाउनुहोस ,
कहिल्यै हार नमान्नुहोस ,
अन्तिम साससम्म लडिरहनुस ,
फेरि कुनै मुश्किलहरुको औकात छैन कि
तपाइलाई त्यसले धेरै बेरसम्म टेन्सन दिइरहन्छ
शब्दमा धेरै ताकत हुन्छ , Struggle गरिरहेको कुनै व्यक्तिलाई तपाइको प्रोत्साहन  ले उसलाई अझ हौसला दिन्छ 
उसलाई माथी उठाउन मदत गर्छ
त्यसैले तपाईं हमेशा सावधान हुनुस  तपाईं के गरिरहनुभएको छ कसैको पनि Negative comments सुनेर आफुभित्र को  उत्साह र हौसलाई नतोड्नुहोस
आफ्नो आशालाई  बाहिर को हल्लाले कुन्ठित हुन नदिनहोस
हमेशा समस्याबाट गुज्रीरहेको व्यक्तिको लागि उत्साहबर्द्धक शब्द नै प्रयोग गर्नुहोस किनकी यसले त्यसलाई मुश्किलहरुसित लड्नको लागि हिम्मत मिल्दछ
र positive  Thinking को साथ नयाँ संचार Communication भएर हिम्मत को साथ खडा हुन्छ र सबै मुश्किलहरुलाई डटेर सामना गर्न सक्छ
आज दुनियालाई यस्तो मान्छेको आवश्यकता छ जसले यो दुनियालाई बदल्न सक्छ , तपाईं पनि त्यो  गर्न सक्नुहुन्छ !
यदि तपाइले आफुलाई यसको योग्य सम्झिनुहुन्न भने अलिकती सोच्नुस , यदि तपाईं होइन भने को ? अहिले होइन भने कहिले ?
जेसुकै होस तपाइले यसलाइ गर्न सक्नुहुन्छ ,
अहिले देखि नै शुरु हुनुस "
जुन चिजले हामीलाई"*Challenge*" गर्छ ,
त्यहि चिजले हामीलाई "*Change "* गर्न सक्छ ,
जुन कुराले हामीलाई "* Weak"* बनाएको छ , त्यही कुराले हामीलाई "*Strong "* बनाउन सक्छ ,,
ईतिहास उसैले रच्दछ जो जिद्दी छ , एकशुत्रीय कुरामा अटल हुन्छ  , एक दुई पटक को Rejection मा भाग्ने नभाग्नुस  , हजार पटक रिजेक्सन हुन सक्छ ,
स्मरण रहोस :- Success is 99% Failure ,
" एक प्रतिशत सफलता उनान्सय प्रतिशत असफलता को परीणाम हो
प्राय : मान्छेहरु जोखिम बाट भाग्नको लागि
" Back up plan " बनाउछन ।
पछाडी फर्किने सारा बाटोहरु जलाइदिनुहोस
लक्ष्य प्राप्त गर्ने समय मा
आउने मुश्किल र प्रतिकुल Condition  " ब्याक अप प्लान " तपाईंको सबैभन्दा ठूलो
कमजोरी बनेर तपाइलाई
लक्ष्यबाट भट्काउन को लागि
मजबुर गर्दछ
बिच बाटो बाट फर्किनुको कुनै फाइदा हुदैन
किनकी फर्किदा पनि तपाइले त्यति नै
दुरी पार गर्नुपर्ने हुन्छ
जति दुरी त्यहा पुग्नलाई लाग्छ
जो व्यक्तिले वास्तव मै आफ्नो " उद्धेश्य " हासिल गर्न चाहन्छ भने उनिहरुसित कुनै पनि प्रकार को " ब्याक अप प्लान " हुदैन
सच्चा लिडर्स को लक्ष्य अटल हुन्छ र उसले पछाडी हट्ने सारा बाटो जलाइदिन्छ
कठिन परीस्थिती आउदा तपाइलाई बाटो बदल्ने आवश्यक हुन्छ लक्ष्य होइन
" यो संसार मा शायदै कोहि
यस्तो व्यक्ति होला . जो
Problems हरु  , कठिनाइहरु , Failure ,
मेहनत एंवम गल्तीहरु बिना
Success भएको होस ,
त्यसैले
हुन सक्छ कि तपाईं को
समस्याहरु ,  कठिनाईहरु Failure एंवम
Mistakes हरु यो कुराको सूचक हो
कि
तपाईं छिट्टै नै Successful हुन
गइरहनुभएको छ |”
र यदि तपाईं जब fail हुनुभयो भने
..तब पनि  हार नमान्नुस
किनकी
F.A.I.L. को अर्थ हो
First Attempt In Learning मतलब
"सिक्नको लागि तपाइको पहिलो
कोशिश" -
यदि तपाइलाई जब जवाब दिइन्छ No भनेर ,
तब पनि Tension लिने आवश्यकता छैन
किनकि  N.O. को  अर्थ हो
(Next Opportunity) मतलब " अर्को
अवसर"|
त्यसैले हमेशा  positive बनिरहनुस
र Happy हुनुस |
कठिन कण्डिसन मा नै त आफू ले आफुलाई बनाउने हो
यो स्थिती मा बाट गुज्रीएर निस्कनुभयो भने
Life पछि सुन्दर हुन्छ,
अब नभन्नुस कि भन्न सजिलो छ
यो त सब भन्ने कुरा न हो
तर म भन्छु जिन्दगी सरल त छ त यो
तपाइकै आफ्नो Thinking  ले
Critical बनाइदिएको मात्र हो
सब ठिक हुन्छ ,Confidence नगुमाउनुस
हरेस नखानुस ,
केही नभए पनि के भो त जिन्दगी त छ ,
आत्तिनुहुदैन
कठिन परीस्थिती सित सामना गर्ने हो
भाग्ने होइन
राम्रो दिन ल्याउनको लागि
खराब दिनहरुसित लड्नुपर्दछ
दिन पछि रात हुन्छ रात पछि दिन हुन्छ ,
खुशिहरु आउने नै छ ढुक्क हुनुस Confidence नगुमाउनुस
*हामी कति रुने गर्छौ ?*
कहिले आफ्नो *स्वार्थ * को लागि, कहिले *सानो क़द* को लागि ,
कहिले छिमेकी को *ठुलो कार*
कहिले छिमेकि कोे *गला को हार,*
कहिले आफ्नो *कम मार्क्स,*
कहिले  *अंग्रेज़ी,*
कहिले  *पर्सनालिटी,*
कहिले *नोकरी को प्रेसर  * त
कहिले *काम मा प्रेसर *...
हामीलाई यसबाट बाहिर आउनुपर्दछ...
*यो जीवन हो .यसलाई यसरी नै जिउनुपर्दछ।*
*चील को उच्च  उड़ान देखेर चराहरु कहिल्यै डिप्रेशन मा आउदैनन*
*उनिहरु आफ्नो आस्तित्व मा  मस्त हुन्छन ,*
*तर मान्छे , मान्छेको उच्च उड़ान देखेर धेरै छिटो चिन्तामा आउछन *
*तुलना गर्न  सित बच्नुस र खुशी हुनुस  ।*

*न कसैसित ईर्ष्या, न कसैसित कुनै होड़..!!!*

*मेरो आफ्नो लक्ष्य छ , मेरो आफ्नै दौड़..!!!*
🐚☀🐚
🐾🐾
*"परिस्थितिहरु कहिल्यै पनि समस्या बन्दैन ,*
*समस्या यसकारणले बन्दछ किनकी हामीलाई त्यो परीस्थितिसित लड्न आउदैन *

उठ्नुस तपाईं नउठे  उठेकाहरुले तपाइलाई
कुल्चेर अगाडि बढ्नेछन । उनिहरु लक्ष्यसम्म पुग्नेछन । तपाईं  आजन्म शोषित हुनुहुनेछ  , पिडित हुनुहुनेछ आफ्नै कुरुप विचार र भावना बाट ... उफ ! कस्तो विडम्बनापुर्ण जिन्दगीको  प्रहार ? बाहिरबाट पनि भित्रबाट पनि । कोहि तपाइको  पराजयको कहानी प्रयोग गरी  असल कथाकार बन्छ , कोहि तपाइको दयनिय वृत्तान्तको नक्कल गर्ने मान्छे सफल एवम सभ्रान्त कलाकार बन्छ । तपाइको खुट्टा पनि अरुलाई जुत्ता बेची धनी बन्ने माध्यम बन्छ । यसबिच तपाइलाई लाग्ने स्वास्थ्य तथा मानसिक रोग को समेत स्वास्थ्य व्यवसायिहरुको लागि धन कमाउने कच्चा पदार्थ बन्न जान्छ । त्यसैले तपाइलाई उठ्नैपर्छ अन्यथा उठेकाहरुले तपाइलाई कुल्चेर अगाडि बढ्नेछन 
दीपक दर्शन 
मोटिभेशनल स्पिकर 


No comments:

Post a Comment